नवनियुक्त राजदूतहरुलाई चेम्बर अफ कमर्सको बधाई « Khabarhub

नवनियुक्त राजदूतहरुलाई चेम्बर अफ कमर्सको बधाई


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले राजधानीमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न मुलुकहरुमा नेपालको राजदूत नियुक्त भएका राजदूतहरुलाई राजदूतहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरेको छ ।

कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सम्बोधन गर्दै नवनियुक्त सबै राजदुतहरुलाई बधाई तथा शुभकामना दिएका हुन् ।  ‘समृद्द नेपाल, सुखी नेपाली’को नारा पूरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा विभिन्न मूलकका नेपाली राजदूतहरुले ती देशहरुसँग कुटनीतिक सम्बन्ध मजबुत बनाउनुपर्ने बताए ।

राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्नलाई नेपालको ब्यापार प्रवद्र्धन, लगानी अभविद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न समेत अपिल गरे । भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देश समृद्द बन्नलाई उत्पादन र निर्यात बढ्नु पर्ने कुरामा जोड दिए । साथै उनले चेम्बर र राजदूतहरु महत्वपूर्ण साझेदार भएको कुरा समेत उल्लेख गरे ।

चेम्बरले बिश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्ने कुरा उल्लेल्ख गरे । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु व्यापारी मात्र नभै उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए । इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन आफुले सक्दो पहल गर्ने बताइन् । उनले आफू नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्न प्रयासरत रहने व्यक्त गरिन् ।

त्यसैगरी संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम वकिसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा सुधार गर्नु पर्ने कुरा उल्लेख गरे ।

कर्यक्रममा संयुक्त अरब इमिरेट्सको लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणि भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी र कुवेतका लागि नेपाली राजदूत दुर्गा शर्माले आफूहरुले आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउन लाग्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ५७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार

आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी