यी हुन् हावाहुरी र आँधीबाट जोगिने उपाय | Khabarhub Khabarhub

यी हुन् हावाहुरी र आँधीबाट जोगिने उपाय


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार रातिबाट मुलुकका विभिन्न भागमा हावाहुरीसँगै वर्षा भइरहेको छ । हावाहुरीका कारण कैलालीमा एक जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।

हावाहुरीले कैलालीको धनगढीमा सवैभन्दा बढी क्षति पुगेको छ । स्थानीयका घर टहराका छाना उडेका छन् भने केही ठाउँमा रुख ढल्दा सडक अवरुद्ध बनेको जनाइएको छ । त्यस्तै कतै बिजुलीका पोल ढल्दा विद्युत सेवा पनि अवरुद्ध बनेको छ । त्यसैगरी कञ्चनपुरमा पनि हावाहुरीबाट क्षति भएको छ ।

यसैबीच आज विहानैबाट काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरीसँगै बर्षा भइरहेको छ । हावाहुरीका कारण बुढानिलकण्ठ क्षेत्रका केही घरमा क्षति पुगेको छ । हावाहुरी क्रमशः पूर्वी नेपालतिर बढिरहेको हुँदा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आँधी आउने बेला कस्तो पूर्वतयारी गर्ने ?

– सर्वप्रथम आँधी आइहाल्यो भने के गर्ने, कसरी सुरक्षित स्थलतर्फ जाने भनेर योजना बनाउने
–आँधीले उडाउने क्षेत्रबाट भागेर जानुपर्यो भने कुन बाटो जाने भन्ने जानकारी लिने
–आँधीका बेला बैंक र एटिएम मेसिन बन्द हुनसक्ने भएकाले खल्तीमा नगद बोक्ने
–आफ्नो सवारी साधनमा पर्याप्त इन्धन भर्ने
–सरकारी आधिकारीक सूचना र जानकारी लिनका लागि साथमा बेट्रीबाट चल्ने रेडियो बोक्ने
–आँधी आउने बेला प्राथमिक उपचार सामग्री, खाना, स्वच्छ पानी, कपडा, टर्चलाइटको जोहो गर्ने
–आँधीका कारण भत्कनसक्ने संरचनाको छेउमा नबस्ने वा त्यसलाई पहिला नै हटाउँने ।
–घरका झ्यालहरु लगाउने

आँधी आइरहेको अवस्थामा के गर्ने ?

–होचो क्षेत्र र बाढीले सजिलै डुबाउने क्षेत्रतर्फ नजाने
–अग्लो भवन, अग्ला रुख, बिजुलीका खम्बा र यस्तै जोखिमपूर्ण क्षेत्रतर्फ नजाने
–भरसक आँधी प्रभावित क्षेत्रमा रहेको आफ्नो घरबाट भागेर नजिकै तोकिएको सुरक्षित स्थलतर्फ जाने
–सुरक्षित स्थलतर्फ जानसक्ने अवस्था छैन भने आँधीको समयमा घरभित्रै बस्ने, बाहिर तीब्र हावाले उडाउने तथा हावाले उडाएर ल्याएको कुनै सामानले लाग्ने जोखिम रहन्छ ।
– आँधी आइरहेको समयमा सवारी चलाइरहनु भएको छ भने सुरक्षित स्थानमा रोकेर बस्ने

आँधीपछि के गर्ने ?

–जबसम्म बाहिर जान सुरक्षित छैन, घरभित्रै बस्ने
–आसपास कोही समस्यामा परेका, घाइते भएका कोही छन् भने सहयोग गर्ने
–आँधीलगत्तै बाढी आउने सम्भावना हुन्छ, त्यसको तयारी गर्ने
–बाढी आएको स्थलतर्फ जान जोखिम हुन्छ, नजाने
–बाढीको पानीमा विद्युत प्रवाह भइरहेको हुनसक्छ, सावधानी अपनाउने
–आँधीपछि खानेपानीको श्रोत प्रदूषित भएको हुनसक्छ, निश्चित गरेर मात्र पानी पिउने

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : २९ बजे

आजका समाचार : प्रधानमन्त्री ओलीको राजीनामा माग, चितवनमा रविविरुद्ध सहकारी पीडितको प्रदर्शन

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा नेकपा एकीकृत समाजवादीका सम्मानित

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु

खोटाङ – अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी

दशैँमा घुमघाम : देशका १५ मनोहर गन्तव्य !

काठमाडौं – चाडपर्वका बेला खानपानसँगै घुमफिर गर्ने नेपालीको सङ्ख्या बढ्दो

सरकार र अनशनरत दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

काठमाडौं– विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको

‘सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ’

काठमाडौं–  बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका