चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी « Khabarhub

चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ-पछिल्लो समय गर्भावस्था तथा सुत्केरी हुने बेलामा अस्पताल तथा वर्थिङ सेन्टर नपुग्ने कमै हुन्छन् । आम मानिसमा चेतनाको स्तरमा वृद्धि भए पनि यदाकदा चेतनाकै अभावमा सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने गरेको सुन्न पाइन्छ ।

भौगोलिक विकटताका कारण अस्पतालको पहुँचमा नपुग्नु तथा चेतनाको अभावमा उमेर नपुग्दै विवाहबन्धनमा बाँधिनुले अझै पनि समाजमा छिटपुट रूपमा सुत्केरी तथा शिशुको मृत्यु भएको घटना घट्ने गरेका छन् । मातृ शिशुदर शून्य पार्ने सरकारको लक्ष्यअनुसार गाउँ–गाउँमा वर्थिङ सेन्टर स्थापना भएका छन् भने सुत्केरी हुँदा आमा र शिशुको मृत्यु भएको खबर बिरलै सुन्ने गरेका छौँ ।

चेतनाको अभावमा उमेर नपुग्दै विवाह गर्ने र सुत्केरी हुन अस्पताल नपुग्दा हालै बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित सुरकुडेकी २३ वर्षीया जिसु बुढासहित उनको नवजात शिशुको मृत्यु भएको छ । परम्परागत सोचका साथ घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएका कारण सुत्केरी भएको तीन दिनपछि सुत्केरी बुढाको मृत्यु भयो । यही जेठ २० गते घरमै सुत्केरी भई शिशुलाई जन्म दिएकी बुढाले जन्म भएको केही घण्टामा शिशुको मृत्यु भयो भने अत्यधिक रक्तश्रावका कारण पाल्पाको लुम्बिनी मेडिकल कलेजमा जेठ २२ गते बिहान आमाको मृत्यु भएको परिवारले जनाएको छ ।

भौगोलिक रूपमा विकट भएका कारण स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा स्वास्थ्य चेतना नहुँदा यस्ता खाले घटना घट्ने गरेका बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवले बताए । ‘गर्भावस्थामा गाउँको क्लिनिकमा स्वास्थ्य परीक्षण गराए पनि सरकारी स्वास्थ्यचौकीसम्म नपुगेको देखियो’, यादवले भने, ‘गर्भावस्थामा स्वास्थ्य संस्था नगएको भए पनि सेत्केरी हुने बेला अस्पताल नपुग्दा यस्तो परिणाम आयो ।’

सुरकुडेबाट सुत्केरी भएको झण्डै १२ घण्टामा बडिगाड गाउँपालिकाको केन्द्र खारबजारमा रहेको एक पोलिक्लिनिकमा ल्याइएको थियो । त्यहाँ रगतको मात्रा न्यून पाइएपछि तत्कालै पाल्पाको लुम्बिनी मेडिकल कलेजका लागि सिफारिश गरिएको भए पनि श्रीमतीलाई बचाउन नसकेको श्रीमान रवि बुढाले बताए । १७ वर्षको उमेरमा विवाह गरेका जिसुले १९ वर्षमा पहिलो बच्चा पनि घरमै जन्माएकी थिइन । मातृशिशु मृत्युदर अत्यन्त न्यून भइरहेको सन्दर्भमा आमा र बच्चाकै ज्यान जाने गरी भएको घटनाप्रति स्वास्थ्यकर्मीले गम्भीर रूपमा लिएका छन् ।

चेतना अभावमा घरमै सुत्केरी हुनु र जटिल स्वास्थ्य समस्या आउँदा तत्कालै अस्पताल पुर्‍याउन नसक्नुको कारण मृत्यु भएको हुनसक्ने यादवको भनाइ छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : २६ बजे

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार

विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु

काठमाडौं– लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता