रेकर्ड तोडेर कमाइ गर्दै सलमानको फिल्म भारत, दुई दिनमा कति कमायो ? | Khabarhub Khabarhub

रेकर्ड तोडेर कमाइ गर्दै सलमानको फिल्म भारत, दुई दिनमा कति कमायो ?


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुधबार रिलिज भएको सलमान खानको फिल्म भारतले रेकर्ड तोडेर कमाइ गरिरहेको छ ।

उनको फिल्मले एकदिन धेरै कमाइ गर्ने सलमानको अन्यफिल्मको रेकर्ड तोडेको छ । सलमानको भारतले भारतीय फिल्म उद्योगमा चौथो धरै कमाइ पहिलो दिन गर्ने रेकर्ड पनि बनाएको छ ।

फिल्मले पहिलो दिन करीब ४२ करोड रुपैयाँ कमाइ गरेको थियो । सलमानले एक ट्वीट गर्दै आफ्ना फ्यानहरुलाई बधाइ दिएका थिए ।

फिल्मले दोस्रो दिन पनि ३० करोडको हाराहारी कमाएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

बक्स अफिसको रिपोर्ट अनुसार भारतले विहीवार २८–३० करोडको कलेक्सन गरेको छ ।

यस्तो छ फिल्म

अली अब्बास जफर र सलमान खानको जोडि अहिलेसम्म बक्स अफिसमा सफतामा पुग्ने गरेको छ । यसैकारण ‘सुल्तान र ‘टाइगर जिन्दा है’ जस्ता व्ल्क बास्टर फिल्म दिएपछि यो जोडिले इदको अवसर पारेर फ्यानको मन जित्नका लागि इमोशन्स र पारिवारिक मूल्यबाट सजिएको फिल्म ‘भारत’ ल्याएका छन् ।

फिल्म केही लामो र ८० को दशकको कथामा बनेको छ । तर सलमानका फ्यानलाई उनको युवाअवस्थादेखि लिएर ७० वर्षको वृद्धको रुप हेर्ने अवसर प्राप्त हुने छ ।

फिल्म फ्यासब्याकबाट शुरु हुन्छ । जहाँ ७० वर्षका भारत(सलमान खान) आफ्ना परिवारसँग अटूट बन्धनमा बाँधिएका हुन्छन् । परिवारका साथ आफ्नो जन्मदिन मनाउन लागेको बेला कथा फ्ल्यास व्याकमा जान्छ ।

यो १९४७ को विभाजनको् त्रासदी को बेला हो र त्यसआगोमा भारत आफ्नो स्टेशन मास्टर पिता( जेके श्राफ) तथा बहिनीसँग विछोडिसकेका हुन्छन् । तर छुटिनुभन्दा पहिला भारतले आफ्नो बुवालाई बचन दिएका थिए कि जबसम्म बुवा फिर्ता हुँदैनन् तबसम्म आमा (सोनाली कुलकर्णी), आफ्नो सानी बहिनी र भाइको हेरचाहा गर्नेछन् ।

त्यसपछि १९४७ देखि लिएर २०१० सम्म आफ्नो परिवारको आवश्यकताका लागि उनी चोरी, ‘मौतका कुवा’ मा मोटरसाइकल चलाउने, पसल चलाउने, अरब गएर तेल निकाल्ने, समुन्द्र गएर गएर ज्यान जोखिममा राख्ने जस्ता काम गर्छन् । उनलाई जागिर दिने बोल्ड एण्ड व्युटिफुल युवती सरजी (कटरीना कैफ)ले प्रेम प्रस्ताव राख्छिन् र विवाहको प्रसताव गर्छिन् ।

तर परिवारको बन्धनमा बाँधिएका भारतले कटरिनासँग विवाह गर्न अस्वीकार गर्छन् । त्यसपछि विन्दास हिरोइन कटरिना सलमानको घरमा आएर लिभ इन रिलेशनमा बस्ने अनुमति माग्छिन् । भारतको जिन्दगीको लामो यात्रामा वेलायती खान (सुनील ग्रोबर) बाल्यकालदेखि बुढेसकालसम्म भारतको सुख दुःखको साथी बन्छन् ।

कथामा विजानको समयमा भारत पाकिस्तानमा यताउता भएका मानिसलाई मिलाउने पहल र शहरीकरण तथा तस्करीको नाममा पसलमा तोडफोड गरेर बनाइने ट्रक पनि रहेको छ । यसको निर्देशक अली अब्बास जफरले निकै मिहेनत गरेका छन् । उनले सलमान भाइको बर्षौदेखि बनेको परिवार प्रेमी तथा हिरोइक छवीलाई विगार्ने प्रयास गरेका छैनन् ।

फिल्मको केही हिस्सा धेरै रमाइला छन् । तर केही चरित्र र घटनाक्रमले फिल्मले आफ्नो पकड गुमाउन खोजेको जस्तो भान हुन्छ ।
फिल्ममा वर्तमान र अतीतको ग्याप रहेको छ जसले फिल्मको कथाको प्रवाहलाई बीचबीचमा रोक्छ ।

यसका बाबजुद भावनात्मकतालाई फिल्मले छोड्दैन ।फिल्मको समय कम भएको भए राम्रो हुने थियो तर ६५–७० वर्षको लामो दौड देखाउनुपर्ने बाध्यता भएका कारण निर्देशकले यति समय लिएको फिल्म हेर्दा थाहा हुन्छ ।

मार्सिन लास्काविसको सिनेमटोग्राफी निकै राम्रो छ ।

 

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : २१ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर