विश्वकपमा आज दुई एसियाली टोलीबीच प्रतिस्पर्धा हुने « Khabarhub

विश्वकपमा आज दुई एसियाली टोलीबीच प्रतिस्पर्धा हुने


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई एसियाली टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् । इङ्ग्ल्याण्डको बिस्ट्रोल ग्राउण्डमा हुने खेलमा एसियाली टोली पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि समान दुई–दुई खेल खेलेका पाकिस्तान र श्रीलंकाले एक खेलमा हार र एक खेलमा जीत हात पारेका छन् । दुवै टोलीले विश्वकपको आफ्नो पहिलो खेलमा हार व्यहोरेका थिए भने दोस्रो खेलमा लय समात्न सफल भएका थिए ।

पाकिस्तान ब्रिस्टोलमा श्रीलंकालाई रोक्दै आफ्नो विजयी यात्रा कायम राख्ने योजनामा रहेको छ भने श्रीलंका पनि जीतको खोजीमा हुने छ ।

पाकिस्तान प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै खेलमा फर्किएको थियो । त्यस्तै, श्रीलंकाले युवा टोली अफगानिस्तानलाई पराजित गरेको थियो ।

पाकिस्तानले यसअघि खेलेका ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये १ मात्रै जीत्न सकेको छ भने श्रीलंकाले खेलेका ५ खेलमा २ मा जीथत र ३ खेलमा हार व्यहोरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : ३६ बजे

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध