कास्कीदेखि मुक्तिनाथसम्म केवलकार– सर्वेका लागि अस्ट्रेलियन विमान काठमाडौंमा « Khabarhub

कास्कीदेखि मुक्तिनाथसम्म केवलकार– सर्वेका लागि अस्ट्रेलियन विमान काठमाडौंमा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार निर्माणका लागि डीपीआर(विस्तृत परियोजना प्रतिवेदन) निर्माणको कार्य भइरहेको छ ।

मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न लागेको परियोजनाको डीपीआरका लागि यतिवेला ‘लाइट डिटेक्सन एवम् रेजिङ (लाइडर) सर्वे भइरहेको छ ।  ठूला आयोजनाका लागि लाइडर सर्वे आवश्यक हुन्छ । अत्याधुनिक प्रविधिबाट गरिने उक्त सर्वेका लागि एक अस्ट्रेलियन कम्पनी एएएम ग्रुपले काम गरिरहेको छ ।

त्यसका लागि उक्त कम्पनीको विशेष विमान यतिवेला नेपालमा रहेको छ । उक्त विमान हरेकदिन काठमाडौंबाट पोखरा तर्फ जाने गरेको छ । कास्की र त्यसभन्दा उत्तर तर्फको आकाशबाट त्यसले लाइडर सर्वेको काम गरिरहेको छ । लाइडर सर्वेका लागि उक्त विमानलाई अझै साताभन्दा धेरै दिन लाग्नेछ । विमान एक साता अघि नै नेपाल आएको हो ।

लाइडर सर्वेका लागि आवश्यक पर्ने अत्याधुनिक प्रविधियुक्त उपकरण विमानमा जाडान गरिएको हुन्छ जसको सहायतामा परियोजना अध्ययन अन्तर्गतको लाइडर सर्वे गर्ने गरिन्छ ।

मुक्तिनाथसम्म जाने केवलकार निर्माणका लागि नेपाल सरकार लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार लाइन बिकासका लागि यसअघि सहमति भएको थियो । २७ भदौं २०७५ मा लगानीबोर्डका तर्फबाट सिइओ महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गरेका थिए ।

८३.६५ किलोमिटर केवलकार लाइनमा ६ वटा स्टेशनहरु रहनेछन् । विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा, लेतेमार्फादेखि जोमसोम, जोमसोमदेखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ गरी ६ खण्डमा स्टेशनलाई विभाजित गरिएको छ । उक्त स्टेशनहरुमा आराम गर्न मिल्ने र होटल, रेस्टुरेन्ट, खाना र बसोबासको व्यवस्थाका लागि होटलहरु समेत निर्माण हुनेछन् ।

दैनिक १० हजार भन्दा बढी मानिसले यात्रा गर्ने सम्भावना रहेको उक्त आयोजनाको क्षमता अनुसार एक दिशामा एक घन्टामा एक हजार मानिस केबुलकारमा चढ्न सक्छन् । केवलकार सञ्चाल गर्न १३ मेगावाट विद्युत आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

लगानी बोर्डको ३० औ बैठकले मुक्तिनाथसम्म केवलकार प्रसारण लाइनको प्रस्तावलाई पारित गरेको थियो र उक्त कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन तयार गरेर बोर्डलाई बुझाउन भनिएको थियो । हस्ताक्षर भएको मितिले १८ महिना भित्र कम्पनीले विस्तृत परियोजना प्रतिवेदन बुझाउनु पर्ने भएपछि अहिले त्यसको काम धमाधम भइरहेको छ ।

अहिले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को अध्ययन भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले खबरहबलाई जानकरी दिए । उनले लाइडर सर्वेको जिम्मा पाएको अस्ट्रेलियन कम्पनी एएएमले आगामी एक महिनाभित्र उक्त सर्वेको डाटा आफूहरुलाई दिने बताए ।

उक्त डाटा प्राप्त भएपछि डीपीआर बनाउने जिम्मा पाएको इटालियन कम्पनी रोप्स जीएमबीएसलाई दिने र त्यसपछि तीन चार महिनाभित्रमा डीपीआरको काम पूरा हुने उनले बताए ।

निर्माणकालिन ब्याजसहित यो आयोजना सम्पन्न गर्न करीब ५० अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । त्यसमध्ये ४० अर्ब रुपैयाँ बराबर वैदेशिक कर्जा लिने योजना कम्पनीले बनाएको छ भने आवश्यक स्वपूँजी देशभित्रै जम्मा गर्ने कम्पनीले जनाएको छ । केबलकार निर्माणका लागि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ५ : २७ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति