पीएम कप क्रिकेट : विभागीय डर्बीमा कस्ले मार्ला बाजी ? « Khabarhub

पीएम कप क्रिकेट : विभागीय डर्बीमा कस्ले मार्ला बाजी ?


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली उपाधिका लागि संघर्षरत हुनेछन् ।

टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले कप्तानी सम्हालेको आर्मी क्लब पीएम कपको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिने कप्तान विनोद भण्डारीले यसअघि नै बताइसकेका छन् । यस्तै, मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिस क्लब आर्मीलाई रोक्दै एकदिवसीय प्रतियोगिताको विजेता बन्ने लक्ष्यमा रहेको छ ।

आर्मीविरुद्ध पुलिका बलर ललितनायण राजवंशी, कुसल भुर्तेल रसागर ढकालले बलिङ कसिलो गर्दा अलराउण्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान अमित श्रेष्ठ, सुनिल धमला र दिलीप नाथले ब्याटिङमा लय समात्न सके आर्मीविरुद्ध प्रतिस्पर्धात्मक खेल हुनेछ ।

तर, आर्मीसँग पनि राष्ट्रिय टोलीका बलर सोमपाल कामी, करण केसी र सुशान भारीले उत्कृष्ट बलिङ गर्दै टोलीलाई उपाधि दिलाउन सक्छन् भने ब्याटिङतर्फ लयमा रहेका राजु रिजाल, राष्ट्रिय टोलीका विस्फोटक ब्याट्सम्यान विनोद भण्डारी र रोहित कुमार पौडेल रहेको हुँदा आर्मीले उपाधि उचाल्ने सम्भावना पनि बलियो छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : ०३ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र