सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छः सञ्चारमन्त्री « Khabarhub

सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छः सञ्चारमन्त्री


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चारमाध्यम सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रको शुक्रबार अवलोकन तथा निर्देशनका क्रममा उनले जनताबाट सिकेर जनतालाई नै सिकाउने दिशातर्फ सरकारी सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनले घटना जे छ त्यसलाई प्रत्यक्ष दिँदै सरकारको आधिकारिक भनाइलाई पनि समावेश गर्नुपर्ने उल्लेख गरे ।

आर्थिक क्षमता वृद्धि भएसँगै कर्मचारीको सुरक्षा र क्षमता बढाउन सकिने उल्लेख गर्दै उनले भने, “सरकारले दिएर मात्रै हुँदैन, नेपाल टेलिभिजन कमाउने संस्था हो तर कमाउने मात्रै पनि होइन, त्यही रुपमा कार्ययोजना बनाउनु पर्दछ ।”

सो अवसरमा नेपाल टेलिभिजका अध्यक्ष डा महेन्द्र विष्टले यो वर्ष नेपाल टेलिभिजनलाई प्रविधि रुपान्तरणको वर्षका रुपमा अगाडि बढाइएको बताउँदै अव विषयवस्तु र नेपाल टेलिभिजनको पहुँचलाई विस्तार गर्नेतर्फ ध्यान दिइने बताए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ८ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन