आज नेपाल बन्द हल्ला मात्रै | Khabarhub Khabarhub

आज नेपाल बन्द हल्ला मात्रै


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज असार २२ गते नेपाल बन्दको आह्वान गरेको कुरा हल्ला मात्रै भएको जनाएको छ।

भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरी सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै विप्लव नेकपाले आज नेपाल बन्दको घोषणा गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका भए पनि यो हल्ला मात्रै भएको प्रहरीले जनाएको हो ।

सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै असार २२ गते बन्दको घोषणा गरिएको एउटा विज्ञप्ती समेत बाहिरिएको थियो । नेपाल प्रहरीले त्यो विज्ञप्ती नक्कली भएको दाबी गरेको छ । प्रहरीले बन्दको आधिकारिक जानकारी नभएको भन्दै त्यो हल्ला निराधार भएको जनाएको छ ।

‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो’ नेकपाले समेत भनेको थियो।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ३६ बजे

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने