विश्वविद्यालय अनुदान आयोग असारे खर्च, अधिकृत र पदाधिकारी विदेश भ्रमणमा « Khabarhub

विश्वविद्यालय अनुदान आयोग असारे खर्च, अधिकृत र पदाधिकारी विदेश भ्रमणमा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन्। बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेको नयाँ पत्रिकामा खबर छ ।

आज १० जना भियतनाम र आठजना चीन उड्दै छन्। भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि गौतम, डम्बरलाल श्रेष्ठ, उषा खकुराल, कपिल रिसाल, दुलराज चिमोरिया, विरोद भट्टराई, उषा पोखरेल र शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली टोलीमा छन्। अधिकृत रमेशप्रसाद अधिकारी आन्तरिक कारबाहीमा परेकाले भ्रमणमा सहभागी हुन पाएनन्।

त्यसैगरी चीन जाने टोलीमा आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदी, बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल छन्। आयोगका कर्मचारी देवेन्द्र रावल पनि टोलीमा परेका छन्।

भियतनाम जाने टोली आइतबार बेलुकी उड्दै छ भने चीन जाने टोली २६ असारमा जानेछ। स्रोतका अनुसार विदेश भ्रमणका लागि ५० लाख बजेट विनियोजन गरेका छन्। सदस्यसचिव अधिकारीको टोलीले कोरिया भ्रमण गर्ने योजना बनाए पनि नमिलेपछि भियतनामको भ्रमण तय गरेको हो। आयोगका प्रशासकीय प्रमुख सुवास ढुंगेलबाहेक सबै अधिकृतस्तरका कर्मचारी भियतनाम जाँदै छन्।

आयोगबाटै निर्णय गरेर एक्सपोजर भिजिटका नाममा उनीहरूले भ्रमण गर्न लागेका हुन्। आयोगको कार्यक्रम कार्यविधिमा सार्क मुलुकभित्रको एक्सपोजर भिजिटमा जान सक्ने उल्लेख छ। तर, उनीहरू अहिले आसियन मुलुक जान लागेका छन्। चीनमा हुने कार्यक्रम दुई दिनको छ, तर भ्रमणको कार्यक्रम सात दिनको छ। भियतनाम जाने टोलीले आठ दिनको भ्रमण तय गरेको छ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : १४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ