सांसदको प्रश्न– दबाबमा परेर लत्र्याकलुत्रुक पर्ने सरकारको यो कस्तो राष्ट्रवाद ? « Khabarhub

सांसदको प्रश्न– दबाबमा परेर लत्र्याकलुत्रुक पर्ने सरकारको यो कस्तो राष्ट्रवाद ?


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति ध्यानाकर्षण गराएकी हुन् ।

कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै उनले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन् ।

“यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू ? आफै निर्णय गर्ने अनि आफै फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ ?”

उनले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजना बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : ५९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ