‘कबड्डी ३’ को टिजर: उपासनाको प्रेममा दयाहाङ (भिडियो) « Khabarhub

‘कबड्डी ३’ को टिजर: उपासनाको प्रेममा दयाहाङ (भिडियो)


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘कबड्डी ३’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १३ देखि प्रदर्शनमा आउन लागेको फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को टिजरमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई देखाइएको छ । टिजरमा विजय बराल पनि अटाएका छन् ।

पहिलेका सिरिजमा जस्तै यो फिल्ममा पनि दयाहाङ राईले युवतीको माया पाउन गर्ने कसरतमा कथा उनिएको टिजरबाटै प्रष्ट हुन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ, विजय र उपासनाका अलावा रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, शैलेन्द्र डी. कार्कीको छायांकन र उपेन्द्र सुब्बा र निर्देशक गुरुङको स्किृप्ट देख्न सकिनेछ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : २१ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड