‘कबड्डी ३’ को टिजर: उपासनाको प्रेममा दयाहाङ (भिडियो) « Khabarhub

‘कबड्डी ३’ को टिजर: उपासनाको प्रेममा दयाहाङ (भिडियो)


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘कबड्डी ३’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १३ देखि प्रदर्शनमा आउन लागेको फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को टिजरमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई देखाइएको छ । टिजरमा विजय बराल पनि अटाएका छन् ।

पहिलेका सिरिजमा जस्तै यो फिल्ममा पनि दयाहाङ राईले युवतीको माया पाउन गर्ने कसरतमा कथा उनिएको टिजरबाटै प्रष्ट हुन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ, विजय र उपासनाका अलावा रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, शैलेन्द्र डी. कार्कीको छायांकन र उपेन्द्र सुब्बा र निर्देशक गुरुङको स्किृप्ट देख्न सकिनेछ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : २१ बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,