रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध-मन्त्री विष्ट « Khabarhub

रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध-मन्त्री विष्ट


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीका सम्भावनाहरुलाई फराकिलो बनाउदै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै विष्टले ७१ वटा नयाँ निर्णय र कामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको पनि दाबी गरे ।

निष्पक्ष ढङ्गबार रोजगार संयोजको छनौट गरी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बताउँदै विष्टले ७ सय ५३ वटै स्थानीय तहमा निश्चित मापदण्डका आधारमा कार्यक्रमहरु पठाइएको र एक लाख भन्दा बढी जनशक्तिले रोजगारी प्राप्त गरेको दाबी गरे।

मन्त्री बिष्टले आन्तरिक रोजगारको पूर्ण रुपमा व्यवस्था नभएको अवस्थासम्म वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर रोजगारदाता देशहरुसँग छलफल र श्रम समझदारी गरेको उल्लेख गरे ।

रोजगारदाता र श्रमिकको सम्धन्ध सुमधुर बनाउन श्रमिक ऐन लागू गरिएको मन्त्रीको भनाई छ ।

त्यस्तै बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संसदको प्रक्रिया बलियो बनाउन कानुन निर्माण गर्दा बाहिरी छलफल या संसदीय छलफललाई बढी जोड दिने भन्ने बारे सांसदहरुसँग सुझाव माग गरेका छन् ।

उनले केहि कानून निर्माणमा क्रममा समय अभावले सरोकारवालासंग छलफल हुन नसक्दा समस्या देखिएको बताए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : २८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन