फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्च अदालतको आह्वान « Khabarhub

फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्च अदालतको आह्वान


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले अदालतको फैसला कार्यान्वयन अपेक्षा अनुसार हुन नसकेको स्विकार गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान, नागरिक समाज, सुरक्षा निकाय, स्थानीय सरकार सबैलाई सहयोग गर्न आह्वान गर्नु भएको हो ।

आइतबार काठमाडौंमा आयोजित फैसला कार्यान्वयनसम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै निरौलाले फौजदारी मुद्दाको फैसला कार्यान्वयन अपेक्षित हुन नसकेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्यको जरुरी रहेको पनि बताए ।

मुख्य रजिष्ट्रार निरौलाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालत भित्र फैसला कार्यान्वयन निर्देशनालय गठन गरेको स्मरण गराउँदै त्यसको कामलाई प्रभावकारी बनाउने काममा पनि सरोकारवाला सबैको सहकार्यबाट मात्रै सम्भव हुने पनि स्पष्ट पारे ।

न्यायिक प्रहरीको समेत व्यवस्था गरिएपनि सरोकारवाला निकायको सहयोग नभएका कारण सर्वोच्च अदालतले जनताको अपेक्षा अनुसार अदालतको फैसला कार्यान्वयन गर्न नसकेको मुख्य रजिष्ट्रार निरौलाको भनाइ थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन