कानूनको पूर्णतामा प्रश्न नउठ्ने गरी विधेयक निर्माण हुन्छ- कानूनमन्त्री ढकाल « Khabarhub

कानूनको पूर्णतामा प्रश्न नउठ्ने गरी विधेयक निर्माण हुन्छ- कानूनमन्त्री ढकाल


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानूनको पूर्णतामा प्रश्न नउठ्ने गरी सरकारले विधेयक निर्माणको काम गर्ने आश्वासन दिएका छन् ।

सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी विधेयक ल्याउँदा विवाद उत्पन्न हुनुको साथै फिर्तासमेत गर्नुपरेको भन्दै सांसदहरुले सरकारको गृहकार्यको शैलीप्रति प्रश्न उठाएपछि मन्त्री ढकालले आवश्यक परामर्श गरिने आश्वासन दिएका हुन् ।

राष्ट्रियसभाको आईतबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत आफ्नो मन्त्रालय शीर्षकमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा उनले विधेयक निर्माणका क्रममा सरोकारवाला पक्षसँग परामर्श गर्दै कानूनको पूर्णतामा प्रश्न नउठ्ने गरी काम गर्ने तर्फ सरकार सचेत र गम्भीर रहेको स्पष्ट पारे । उनले राहदानी विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता हुनु संवैधानिक व्यवस्थाभन्दा बाहिर नभएको प्रष्ट पारे ।

प्रतिनिधिसभामा उत्पति भएको राहदानी विधेयक प्रतिनिधिसभाले पास गरेर राष्ट्रिय सभामा पठाए पनि राष्ट्रिय सभाबाट सुझाव प्राप्त नहुँदै प्रतिनिधिसभाबाट पास गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाईएको थियो । प्रतिनिधिसभाको यो निर्णयप्रति प्रश्न उठिरहेका बेला राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभामा नै विधेयक फिर्ता पठाईएको छ । मन्त्री ढकालले यसक्रमका सबै प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार नै भएको दाबी गरे ।

प्रतिनिधिसभामा उत्पन्न भई राष्ट्रियसभामा टेबुल भएको २ महिना भित्र सम्पूर्ण काम सकेर प्रतिनिधिसभालाई सूचना गर्नुपर्ने र नगरेको अवस्थामा विधेयक उत्पन्न गरेको सभाले पास गर्न सक्ने संवैधानिक व्यवस्था रहेकाले प्रतिनिधिसभाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको उनले स्पष्ट पारे ।

त्यसैगरी, सदनले पास गरी प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय गएका विधेयकहरु पनि १५ दिन भित्र प्रमाणिकरण गर्नुपर्ने र त्यसो गर्न नसक्ने स्थिति भए एक पटकका लागि विधेयक उत्पन्न गरेकै संस्थामा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था रहेकाले सबै प्रक्रिया संवैधानिक नै भएको तर्क मन्त्री ढकालको थियो ।

उनले राष्ट्रपति कार्यालयबाट विधेयक फिर्ता भएको व्यहोराको पत्र प्रतिनिधिसभामा आएकाले अब कार्यसूचीको रुपमा अघि बढ्ने स्पष्ट पारे ।

सबै प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार नै भएको भन्दै उनले सरकारले गरेका सबै काम र निर्माण गरेका विधेयकप्रति आफु नैतिक रुपमा पूर्ण जिम्मेवार रहेको स्पष्ट पारे ।

मन्त्री ढकालले साझा अधिकार सूचीका कानूनलाई प्राथमिकताका साथ निर्माण गर्ने क्रममा सरकार लागेको स्पष्ट पारे ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ४३ बजे

सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत

मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन आग्रह

सुदूरपश्चिम- राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना

‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल !

काठमाडौं – फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ

ह्यारी–मेघन बेलायत फर्कने तयारीमा

लन्डन- बेलायती राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको करिब छ वर्षपछि राजकुमार ह्यारी

अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियारमाथि