अफगानिस्तानमा तालिबानले गरेको आक्रमणमा १२ जना मारिए | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिबानले गरेको आक्रमणमा १२ जना मारिए


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा इस्लामिक लडाकु समूह तालिबानले गराएको कार बम आक्रमणमा १२ जना मारिएका छन् । अफगानिस्तानको गजनी प्रान्तमा भएको विष्फोटमा अरु १७९ जना घाइते भएका छन् ।

गजनी प्रान्तको राजधानी शहरस्थित राष्ट्रिय सुरक्षा निर्देशनालय अगाडी कार बम आक्रमण भएको हो । अधिकारीका अनुसार आक्रमणमा ज्यान गुमाउनेमा ८ सुरक्षा अधिकारी तथा ४ सर्वसाधारण छन् ।

तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले आक्रमणमा आफ्नो समूहको संलग्नता रहेको पुष्टि गर्दै आक्रमणमा दर्जनौं सुरक्षाकर्मी मारिएको तथा घाइते भएको दाबी गरेका छन् ।

आक्रमण आत्मघाती प्रकृतिकोजस्तो देखिएको र यसबारे अनुसन्धान अघि बढाइएको अफगान सुरक्षा अधिकारीले जनाएका छन् ।

पछिल्लो केही समययता तालिबानले अफगानिस्तानमा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी दैनिकजसो आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ५६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले