तीनै तहका सरकारबीचको सहकार्यबाट मात्र दिगो विकास–राष्ट्रियसभा अध्यक्ष | Khabarhub Khabarhub

तीनै तहका सरकारबीचको सहकार्यबाट मात्र दिगो विकास–राष्ट्रियसभा अध्यक्ष


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीन वटै तहको सरकारको सहकार्यबाट मात्रै दीगो विकास लक्ष्य हासिल हुने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले संयुक्त राष्ट्र संघले घोषणा गरेको दीगो विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्ने विश्वास पनि व्यक्त गरे ।

आइतवार संघीय संसदको दीगो विकास तथा सुशासन समितिले तयार पारेको दीगो विकास लक्ष्यसम्बन्धि प्रदेश र स्थानीय तहको अन्तरक्रियात्मक प्रतिवेदन र पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन भ्रमणको प्रतिवेदन बुझ्दै उनले संघ, प्रदेश र स्थानीय तहको सरकारबीचको सहकार्यमा जोड दिए ।

समितिका अध्यक्ष तारोदेवी भट्टले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुझाएको प्रतिवेदनमा दीगो विकास लक्ष्य हासिलका लागि समितिले प्रदेश र स्थानीय तहमा गरेको अन्तरक्रियाको अनुभव समावेश गरिएको छ ।

त्यसैगरी अर्को प्रतिवेदनमा भने पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको पुनर्निर्माणको क्रममा देखिएका समस्या र समाधानका उपायबारे सुझावसहितको प्रतिवेदन अध्यक्ष तिमिल्सिनालाई बुझाइएको समितिकी सभापति भट्टले बताइन् ।

समितिले अध्यक्ष तिमिल्सिनालाई बुझाएको दुवै प्रतिवेदन राष्ट्रियसभामा पेश हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : ४५ बजे

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना