बिव्य चुन्टु बने ‘नेपाल बिबोइ सिटी २०१९’, नेपालका तर्फबाट ताइवानमा सहभागिता जनाउने « Khabarhub

बिव्य चुन्टु बने ‘नेपाल बिबोइ सिटी २०१९’, नेपालका तर्फबाट ताइवानमा सहभागिता जनाउने


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ‘नेपाल बिबोइ सिटी २०१९’ प्रतियोगितामा भक्तपुर डार्कनेस क्रु का सदस्य बिव्य चुन्टुले जीत हासिल गरेका छन् । शनिवार काठमाडौंको लैनचौरमा भएको प्रतियोगितामा चुन्टु प्रथम भएका हुन् ।

नेपाल हिपहप फाउन्डेसन तथा गोविन्द एजुकेसनले आयोजना गरेको प्रतियोगितामा छनोटमा परेका चुन्टुले डिसेम्बर ७ देखि ८ सम्म ताईवानमा हुने बिबोइङको विश्व च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागिता जनाउने छन् ।

प्रतियोगितामा गायिका समृद्धि राई, र्‍यापर निर्णय डि एन.एस्के, प्रोफेसर ट्रिक्स लगायत उपस्थित थिए । यस्तै कार्यक्रममा वान-अन-वान अल स्टायलमा मुकेश ढकालले उपाधि हात पारे । उनलाई नगद रु. २० हजार  र प्रमाणपत्र प्रदान गरियो । ‘वान-अन-वान अल स्टायल किड्स’ मा बिव्य आर्यन विजयी बने । उनले नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरे।

वान-अन-वान अन्डिस्प्युटेड बि-गर्ल’ को उपाधि भने बि-गर्ल फेथ (द ब्याटल फ्युजन क्रुकी सदस्य)ले प्राप्त गरिन् । उनले गदर रू १० हजार र प्रमाणपत्र   प्राप्त गरिन्। ‘फो-अन-फो ब्रेकिङ’ को उपाधी भने लेट्स ब्रेक क्रुले हात पार्‍यो । उपाधिसँगै टिमले नगद रू३० हजार र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा उत्कृष्ट  प्रदर्शन गर्दै  योजना धमलाले गोविन्द एजुकेसन राइजिङ स्टार अवार्ड जितिन् ।

सम्पूर्ण विजेतालाई गोविन्द एजुकेसनका कार्यकारी निर्देशक विज्ञान कँडेल तथा हेल्थ करियर्स् इन्टरनेसनल अष्ट्रेलियाका नेपालका लागि बजार व्यवस्थापक धीरज सिंहले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ०५ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा