सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित « Khabarhub

सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दर्जन बढी एजेण्डामाथिको छलफलका लागि भन्दै बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक नेताहरुको सहमति हुन नसक्दा प्रभावित बनेको छ ।

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महासमिति बैठकपछि पारित भएको विधान बमोजिम तयार पारिएको नियमावली संशोधन मस्यौदा पेश गर्न समय दिने तयारी भएपनि तत्काल महाधिवेशनको मिति समेत तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले माग गरेपछि बैठक प्रभावित बनेको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक छलफल गर्न भन्दै २ बजेका लागि तोकिएको भएपनि अहिलेसम्म बैठक शुरु हुन सकेको छैन । केन्द्रीय समिति बैठकअघि विभिन्न चरणमा पदाधिकारी बैठक बसे पनि सहमति कायम हुन नसकेपछि बैठक शुरु नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सहमति कायम भएपछि बैठक शुरु हुने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवाले आइतबारदेखि बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे पार्टी पदाधिकारीहरुको चरणबद्ध अनौपचारिक बैठकले सूची नै तयार पारेको जनाएको छ ।

सभापति देउवाले शनिबार बिहान आफ्नै निवासमा पार्टी पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाए पनि पौडेल चितवनमा रहेका टेलिफोनमा प्रस्तावहरुको बारेमा जानकारी दिइएको थियो ।

महासमिति बैठकपछि केन्द्रीय कार्यसमितिले पारित गरेको विधानअनुसारको नियमावली संशोधन मस्यौदा पेश गर्ने पार्टी संगठनको अन्तरिम व्यवस्थाबारे छलफल गराउने तयारी भएपनि संस्थापन इतरका नेताहरुले महाविधेशनको मिति समेत तोक्न माग गरेपछि केन्द्रिय समिति बैठक नै प्रभावित बनेको हो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ५८ बजे

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर