पत्रकार शान्ति लामामाथि भएको आक्रमणलाई लिएर वास मिडिया फोरमले गर्‍यो भर्त्सना « Khabarhub

पत्रकार शान्ति लामामाथि भएको आक्रमणलाई लिएर वास मिडिया फोरमले गर्‍यो भर्त्सना


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा भएको दुर्व्यहार तथा आक्रमणप्रति वास मिडिया फोरमले घोर भर्त्सना गरेको छ ।

वास मिडिया फोरमकी केन्द्रीय कार्यसमिति सदस्यसमेत रहेकी लामामाथि काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित भत्केपाटी, जाखामा समाचार संकलनका क्रममा स्थानीयबाट भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको घटनाको फोरमले कडा शब्दमा निन्दा गरेको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको घर स्थानीयले भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा पत्रकार लामाको मोबाइल जबर्जस्ती खोसिएको तथा भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको दुर्व्यहार गरिएको थियो ।

फोरमका महासचिव पी.टी. लोप्चनले आइतबार जारी गरेको विज्ञप्तीमा ‘गोरखापत्र संस्थानमा कार्यरत रहेको परिचय-पत्र देखाउँदासमेत भूमाफियाको मान्छे भन्दै आक्रमणको प्रयास हुनुमा अतिक्रमितलाई सघाउँनका लागि आएको भन्ने बुझाइबाट आक्रोशित समूहले पत्रकार लामालाई तारो बनाएको भन्ने हाम्रो ठहर छ’ भनिएको छ ।

सत्यतथ्य समाचार संकलन गर्न गएका पत्रकार लामाप्रति भएको यो प्रहार सिंगो स्वतन्त्र प्रेस माथिको प्रहार भएको वास मिडिया फोरमको ठम्याई छ ।

त्यसैले पत्रकार लामामाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुको पहिचान गरी तत्काल कानूनी कारबाही गर्न र पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग फोरमले जोडदार माग गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : ४९ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी