मेयर र उपमेयरबीचको विवादले झडप, ६ जना घाइते | Khabarhub Khabarhub

मेयर र उपमेयरबीचको विवादले झडप, ६ जना घाइते


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नगरपालिकाको कार्यालय सार्ने विषयमा धनुषाको हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवादले चर्को रुप लिएको छ ।

नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको विवादले चर्को रुप लिँदा ६ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।

मेयर रामज्ञान मण्डल र उपमेयर रेणुबीच विवाद हुँदा उपप्रमुख झासहित ६ जना स्थानीय घाइते भएको स्थानीले बताएका छन् ।

नगरपालिकाको बघचौडामा रहेको साबिकको कार्यालयलाई हँसपुर चोकमा सार्ने विषयमा मेयर र उपमेयरको कुरा बाझिएको हो । गाउँले मेयर र उपमेयरको पक्षमा दुई भागका बाँडिएका छन् ।

उपप्रमुख झाको घर समेत रहेको बघचौडाबाट प्रमुख मण्डलले आफ्नो गाउँ नजिक हँसपुरको बेल्ही चोकमा कार्यालय सार्न खोजेका हुन् । लामो समय देखि भइरहेको विवाद मंगलबार झडण्पमा परिणत भयो ।

करिब डेढ महिना अगाडी प्रमुख मण्डलले बेल्ही चोकमा एउटा भवन भाडामा लिएर त्यहीँबाट कार्यालय संचालन गर्दै आएका थिए भने उपप्रमुख झा बघचौडास्थित साबिकको कार्यालयमा बसेर काम गर्दै आएकी थिइन्।

यसै क्रममा मंगलबार प्रमुख मण्डलले तीन वटा ट्याक्टरमा आफ्ना कार्यकर्ताहरुलाई पठाएर बघचौडास्थित कार्यालयबाट सामानहरु सार्न खोजेपछि उपप्रमुख झाले अबरोध गरेकी थिइन् ।

उपप्रमुखले कार्यालयमा लगाएको ताल्चा फोडेर मेयर पक्षका युवाहरुले सामान लैजान लागेपछि उपमेयर पक्षका युवा र सर्वसाधारण विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : १७ बजे

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा