बढ्दैछ उत्तर कोरियाको साइबर आक्रमण : १ अर्ब ६० करोड अमेरिकी डलर चोरी « Khabarhub

बढ्दैछ उत्तर कोरियाको साइबर आक्रमण : १ अर्ब ६० करोड अमेरिकी डलर चोरी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले साइबर आक्रमण मार्फत १ अर्ब ६० करोड अमेरिक डलर बराबरको चोरी गरेको छ । संयुक्त राष्ट्रसंघको एक गोप्य दस्ताबेजमा उल्लेख भए अनुसार बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर गरिएको आक्रमणबाट यो रकम चोरी भएको हो ।

चुहावट भएको संयुक्त राष्ट्रसंघको एक दस्ताबेजमा उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउन साइबर आक्रमणको सहारा लिएको र त्यसबाट एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको चोरी गरेको उल्लेख छ ।

गोप्य भनिएको सो प्रतिवेदनमा उत्तर कोरियाले रकम चोरीका लागि बैंक तथा मुद्रा सटही केन्द्रलाई निशाना बनाएर साइबर आक्रमण गरेको उल्लेख छ ।संयुक्त राष्ट्रसंघले हाल साइबर आक्रमणका ३५ घटनाको छानबिन गरिरहेको स्रोतले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद अन्तर्गत रहेको उत्तर कोरियामाथि प्रतिबन्ध निर्धारण गर्ने कमिटिमा पठाइएको प्रतिवेदनमा उत्तर कोरियालो साइबर–स्पेस मार्फत वित्तिय संस्थालाई लक्षित गरी आक्रमण गर्ने गरेको र त्यसबाट रकम जम्मा गर्ने गरेको उल्लेख छ ।

यस्तै विदेशी मुद्रा प्राप्त गर्नका लागि साइबर–मिनिङ्ग भएको सम्बन्धमा पनि विज्ञले अनुसन्धान गरिरहेका छन् । उत्तर कोरियालो क्रिप्टो करेन्सी एक्सचेन्ज सेन्टरमा पनि साइबर आक्रमण गर्दै आएको सो प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ३५ बजे

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा

आज पोखरामा कांग्रेसको आमसभा

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा