जिल्ला कारागार उदयरपुरमा भाइरल ज्वरोको प्रकोप, सबै कैदीबन्दी बिरामी « Khabarhub

जिल्ला कारागार उदयरपुरमा भाइरल ज्वरोको प्रकोप, सबै कैदीबन्दी बिरामी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाईघाट– गाईघाटको बोक्सेमा रहेको जिल्ला कारागार उदयपुरका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएका छन् । कारागारमा रहेका सबै कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि भएपछि उपचार शुरु गरिएको छ ।

शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन पुगेपछि सोमबारदेखि उनीहरूको नियमित उपचार शुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्ला अस्पताल उदयपरबाटै चिकित्सकसहित औषधि झिकाइ कारागारमै उपचारको व्यवस्था गरिएको छ ।

१ सय ७३ जना कैदीबन्दीसहित ३ बालबालिका रहेको जिल्ला कारागार उदयपुरका सबै कैदीबन्दी भाइरलको ज्वरोबाट प्रभावित भएपछि अहिले नियमित उपचारको व्यवस्था गरिएपछि उनीहरूको स्वास्थ्य सुधार हुँदै गएको प्रजिअ खड्काले बताए । कैदीबन्दीको उपचारमा निःशुल्क औषधि र केही औषधि खरीद गरी ल्याएर प्रयोग गरिएको र अहिले उनीहरूको अवस्था सामान्य बन्दै गएको छ ।

शुरुमा सामान्य अनियमित ज्वरो आउने र रुघाखोकीबाट शुरु भएको भाइरलका बिरामीका कारण कैदीबन्दी ओछ्यानमै थला पर्न थालेका थिए ।

५० कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार उदयपुरमा हाल १ सय ७३ कैदीबन्दी राख्न बाध्य हुनुपरेको र उनीहरूले पिउने पानी प्रदुषित रहेका कारण कैदीबन्दी भाइरलबाट प्रभावित हुन पुगेको कारागार प्रशासनले बताएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ३४ बजे

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन

एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज  सुनको मूल्य बढेको छ । नेपाल