रेविजका कारण १० वर्षमा ४ सयको ज्यान गयो « Khabarhub

रेविजका कारण १० वर्षमा ४ सयको ज्यान गयो


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोदावरीकी १७ वर्षीया युवती पानी र हावादेखि डराउन थालिन् । ‘पानी देख्दा र हावा चलेको आभाष हुँदा पनि किन डराएँ होला’ भनेर शुरुमा हावापानीसँगै डर लाग्दा उनी आफै पनि अचम्ममा परिन् ।

उनले सम्झिन् ‘डेढ महिना अघि बाटोमा हिँड्दै गर्दा सानो कुकुरले टोकेको थियो ।’ कुकुरको टोकाइले रेविज लाग्न सक्छ भन्ने जानरकारी उनलाई थियो ।

तर सानो कुकुरले घाउँसमेत नहुनेगरी टोकेको त हो भनेर उनी अस्पताल गइनन् । जब डेड महिनापछि रेविजको लक्षण आफूमा देखियो त्यसपछि उनी झसंग भइन् ।

रेविजको लक्षण आफूमा देखिएपछि उनी आफन्तको सहयोगमा शुक्रबार टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइन् । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा रेविज लागेको पुष्टि भयो ।

अस्पतालको रेविज वार्डमा भर्ना भएकी ती १७ वर्षीया युवतीकोआइतबार मृत्यु भयो ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार केही वर्ष अघि भाइलाई कुकुरले टोक्दा रेविज विरुद्धको सुइ लगाउन उनी आफै अस्पताल आएकी थिइन् । तर कुकुरले आफूलाई टोक्दा रेविज लाग्नसक्छ भनेर जान्दाजान्दै पनि सामान्य कोटाइ हो भनेर हेलचेत्र्याइ गर्दा उनले ज्यान नै गुमाउनु पर्‍यो ।

डा पुनका अनुसार कुकुरले टोकेपछि समयमै अस्पताल आएको भए उनको ज्यान जोगिन्थ्यो ।

‘रेविज रोग लागिसकेपछि उपचार सम्भवन छैन, उनलाई कुकुरले टोक्दा समयमै रेविज विरुद्धको सुइ लगाएको भए ज्यान जाने थिएन,’ डा पुनले भने, ‘नेपालमा धेरैजस्तो कुकुर, स्याल र बिरालोको टोकाइले रेविज हुने गरेको छ । रेविजबाट मृत्यु हुनुको कारण नै उपचार गर्न वेवास्ता गर्नु हो ।’

इपिडिमियोलोजी तथा रोग निययन्त्रण महाशाखाका अनुसार साउनको तेस्रो सातासम्ममा रेविजका कारण ३ जनाको मृत्यु भइसकेको छ । रेविज रोग लाइसा नामक आरएनए भाइरसका कारणले लाग्ने गर्छ । यसलाई संक्रमित जनावरको र्‍याल टोकेको ठाउँबाट शरीरभित्र प्रवेश गरी स्नायुको नसाबाट मस्तिष्कसम्म पुग्छ । स्नायु र मस्तिष्कमा पुग्ने भाइरसले मनिस र संक्रमति जनावरको मृत्यु हुन्छ ।

सबैभन्दा बढी डर कुकुरको 

सरुवा रोग विशेषज्ञ डा पुनका अनुसार रेविज रोग स्तनधारी र मांसाहारी जनावरको टोक्दा उनीहरुमा भएको रेविजको भाइसर मानिसमा पर्छ । नेपालमा शहरी क्षेत्रहरुमा छात्रा छाडिएका कुकुरको टोकाइबाट रेविज लाग्नेको संख्या धेरै छ ।

आर्थिक वर्ष २०७४/७५ मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको इपिडिमियोलोजीको तथ्यांक पनि छ । एकवर्षमा २८ हजार ५ सय १४ जनालाई जनवारले टोकेकोमा २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको र २ हजार २ सय २ जनालाई अन्य जनावारले टोकेको महाशाखाको तथ्यांक छ । आर्थिक वर्ष २०९४/७५ मा २ लाख ८१ हजार ७ सय १८ वटा रेविज विरुद्धको खोप प्रयोग भएको छ ।

उपचार र सचेतनामा १४ करोड खर्च 

सरकारले हरेक वर्ष रेविज विरुद्धको सुइ र सचेतनाको कार्यक्रमका लागि १४ करोड रकम खर्च गर्दै आएको छ । तर रेविज रोगका कारण मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।

१० वर्षमा ४ सयको मृत्यु

रेविज रोग लागिसकेपछि उसको उपचार सम्भव छैन । तर रोग नर्सदै रेविज विरुद्धको सुइ लगाएमा यो रोग लाग्नबाट बच्न सकिन्छ ।

रकारले रेविज विरुद्धको सुइ निशूल्क रुपमा उपलब्ध गराएको छ । तर पनि रेविजका कारण मानिसहरुको मृत्यु भने अझै रोकिएको छैन ।
१० वर्षमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकको अनुसार आर्थिक वर्ष २०७२/७३ मा रेविजबाट मृत्यु हुनेको संख्या ६ जना मात्रै थियो ।

यस्तै आर्थिवर्ष वर्ष २०७३/७४ मा ८ जनाको मृत्यु भएको थियो । तर आर्थिक वर्ष २०७४/७५ मा एक वर्षको अवधिमा ३२ जनाको रेविजको कारण मृत्यु भएको छ ।

महाशाखाको तथ्यांकको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ सम्ममा मात्रै ४ सय ८२ जनाको रेविज लागेर मृत्यु भएको छ ।

रेबिज रोगीमा यस्ता लक्षण देखिन्छन् 

पानी र हावादेखि डराउने ।

अत्यधिक उत्तेजित व्यवहार गर्ने ।

ज्वरो आउने ।

घाउ भएको स्थानमा दुख्ने ।

झम्झमाउने ।

घोचे, पोलेजस्तो हुने ।

रस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसाहरू सुन्निने ।

यी लक्षण देखिएमा मानिसमा रेबिज रोग लागेको हुनसक्छ । चिकित्सकका अनुसार रेबिज रोग लागेको व्यक्तिको माथि उल्लेखित लक्षण देखिएको ७ दिनभित्रमा मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : ३१ बजे

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक