कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत हुने « Khabarhub

कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत हुने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानूनी व्यवस्था हुने भएको छ ।

‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीहरुले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्वीकृत गर्ने सहमति भएको हो ।

अस्पतालका चिकित्सकसहित अन्य विभिन्न क्षेत्रका कर्मचारील सामूहिक राजीनामा दिने धम्की दिँदै सेवा ठप्प पार्ने काम गर्ने गरेको बेलामा यस्तो राजीनामा स्वीकृत गर्ने कानूनी व्यवस्था हुन लागेको हो ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विगतका ती घटनालाई ध्यानमा राखेर विधेयकमा समावेश गरिएको निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान पारित गरिएको हो ।

विधेयकको दफा १२१ मा निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान राखिएको थियो । त्यसमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको थियो ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सोही मन्त्रालयका सचिव यादव कोइरालाको पनि मत विभाजित भएको थियो । तर मन्त्री पण्डितले विगतमा सरकारलाई घेराबन्दीमा पार्ने नियतका साथ त्यस्ता गतिविधि हुने भएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले सो प्रावधान ल्याउनु परेको स्पष्टिकरण दिए ।

चिकित्सकहरुले समेत सामूहिक राजीनामाको धम्की दिएर सरकारलाई अनावश्यक दवाव दिने काम गरेपछि सरकारले नियन्त्रणका लागि पनि कानुनी व्यवस्था गर्न बाध्य हुनु परेको मन्त्री पण्डितको भनाइ थियो ।

त्यसैगरी सत्तारुढ दल नेकपाका सांसदहरु जनार्दन शर्मा, खगराज अधिकारी, झपटबहादुर रावलले पनि राज्य संयन्त्र संचालन गर्नेहरुको अराजकता र अनुशासनहिनताको अन्त्य गर्न पनि सो प्रावधान राख्न उपयुक्त हुने तर्क गरेका थिए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका नेकपाका सांसद अधिकारीले चिकित्सकहरुले समेत आफ्ना अनुचित माग पूरा गराउन सामूहिक राजीनामा दिने धम्कीसहित अस्पतालको सेवा ठप्प पार्ने विगतका ती घटनालाई नियन्त्रण गर्न पनि सो प्रावधान आवश्यक रहेको तर्क गरे ।

नेकपाकै अर्का सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले विभिन्न कारणले कर्मचारीहरुले सामूहिक राजीनामा दिएमा औचित्य पुष्टि भए सरकारले राजीनामा स्विकृत गर्ने प्रावधान सही भएको बताए ।

सत्तारुढ दलकै सांसद झपटबहादुर रावलले कर्मचारीहरुको अराजकता र अनुशासनहिनताको अन्त्य गर्न पनि उनीहरुको सामूहिक राजीनामा आएमा सरकारले स्वीकृत गर्ने कानुनी प्रावधान राख्न उपयुक्त हुने बताए ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरु भने कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्विकृत गर्ने प्रावधानको विपक्षमा उभिएका थिए ।

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कर्मचारीहरुको सामूहिक राजीनामाको परिकल्पना गरेर कानुन निर्माण गर्न आवश्यक नभएको तर्क गरे । काँग्रेस सांसद देवेन्द्रराज कँडेलले पनि बडुको मतमा सहमति जनाएका थिए ।

काँग्रेस सांसद बडुले कर्मचारीहरुको हितका लागि टे«ड युनियन संघ, संगठनहरु आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १ : ११ बजे

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन

एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज  सुनको मूल्य बढेको छ । नेपाल