अब जनावरको शरीरबाट बन्ने छ मानवीय अंग « Khabarhub

अब जनावरको शरीरबाट बन्ने छ मानवीय अंग


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विज्ञानको विकासले असम्भव मानिएका धेरै कुराहरु सम्भव सावित हुँदै गएका छन् । यसैक्रममा जापानका वैज्ञानिकले जनावरबाट मानवीय अंग बनाउने तयारी गरेका छन् । यद्यपि, जापान सरकारले विवादित स्टेम सेल रिसर्च कार्यलाई पनि मन्जुरी दिएको छ । यसैमार्फत वैज्ञानिकहरुले मानव तथा जनावरको हाइब्रिड प्रजातिहरु विकसित गर्न सक्नेछन् ।

यस किसिमको खोज अनुसन्धानमा यसअघि प्रतिबन्ध लगाइएकाले विवादित बनेको थियो । तर यसको पक्षमा रहेका वैज्ञानिकहरुले भने यो खोजअनुसन्धान मानवीय अंग बनाउने पहिलो कदम हुन सक्ने भन्दै मन्जुरीका लागि मनाएका थिए ।

एक मिडिया रिपोर्टअनुसार स्टेम सेल प्रविधिमार्फत मानव तथा जनावरको हाइब्रिड प्रजातिहरु बनाइने छ । युनिभर्सिटी अफ टोकियोमा अब भ्रूणको रुपमा मानव तथा जनावरको हाइब्रिड प्रजातिहरुको विकास गरिनेछ । सबैभन्दा पहिला मानवीय कोशिकाहरु मुसाको भ्रूणमा उत्पादन गरिनेछ । यसपछि उक्त अंगलाई एक सेरोगेट जनावरको शरीर भित्र स्थापित गरिनेछ ।

चर्चित जेनेटिक्स (आनुवांशिक) वैज्ञानिक हिरोमित्सु नाकाउचीले यो प्रविधि शरीरको अंग बनाउने कार्यको पहिलो कदम भएको बताए । उनका अनुसार यसबाट भविष्यमा प्रत्यारोपणमार्फत आवश्यक अंक तयार गर्न सहयोग मिल्न सक्नेछ ।

वैज्ञानिकहरुले यस विषयमा अनुसन्धान अगाडि बढाउँदै गर्दा अहिले नै हतार भने नभएको बताएका छन् । नाकाउचीले यो अनुसन्धानलाई विस्तारै अगाडि बढाउने निर्णय लिएको बताएका छन् ।

आगामी केही वर्षसम्म हाइब्रिड भ्रण नबनाउने उनले जानकारी दिए । तत्काललाई १४ दिनमै तयार गर्न सकिने र धेरैभन्दा धेरै अंगाहरु बनाउन सक्ने मुसाको हाइब्रिड भ्रूणमाथि यो अनुसन्धान केन्द्रीत हुने सोचमा रहेको उनले बताए ।

विरोधीको तर्क

वैज्ञानिकहरुले मानवीय अंग बनाउने प्रविधिमाथिको अनुसन्धान गरिरहँदा यसको विरोध पनि उत्तिकै भइरहेको छ । आलोचकहरुले यो कार्यलाई भगवानमाथिको चुनौति भनेका छन् ।

जनावरको शरीरभित्र मानवको कोशिकाहरु स्थापित गरिने हो भने मानवीय अंग निर्माण हुनुका बाब्जुद आशा गरेकोभन्दा पनि बढी नै परिणाम हात लाग्न सक्ने तर्क गरिएको छ । यसबाट भविष्यमा यस्तो प्रजाति बन्न सक्छ, जो आधा मान्छे र आधा जनावरको रुप होस् । आलोचकहरुले यो सम्भव हुन सक्ने भन्दै विरोध गर्दै आएका छन् ।

यसैकारण यस सम्बन्धी अनुसन्धानलाई संसारभर प्रतिबन्ध लगाइएको छ । जापानमा पनि यस सम्बन्धी अनुसन्धानका लागि १४ दिनको मात्रै अनुमति रहेकोमा अब भने सरकारले कानूनी रुपमै खुला गरिदिएको छ ।

यो कार्यलाई केहीले स्वागत गरे पनि होक्काइदो युनिभर्सिटीका शोधकर्ता तेत्सुया इसिनेले यस अनुसन्धानमा सावधानीका साथ अगाडि बढ्नु राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ०५ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते