बालुवाटारको आगलागी– सुविसुको कार्यालयमा थियो २ हजार लिटर पेट्रोल ! « Khabarhub

बालुवाटारको आगलागी– सुविसुको कार्यालयमा थियो २ हजार लिटर पेट्रोल !


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालयमा भएको आगलागीको कारण खुल्न सकेको छैन । तर, कार्यालयमा स्टोर गरेर राखिएको झन्डै २ हजार लिटर जतिको पेट्रोलियम पदार्थका कारण आगो चाँडै फैलिएको जनाइएको छ ।

आगो निभाउन पुगेका अग्नी नियन्त्रकका अनुसार कार्यालयमा राखिएको पेट्रोलियम पदार्थका कारण आगो छिट्टै फैलिएको थियो । पेट्रोलियम पदार्थका कारण लागेको आगो निभाउन पनि समय लागेको अग्नी नियन्त्रकहरुले जनाएका छन् ।

‘आगो नियन्त्रणमा लिन ठूलो मात्रामा फायर कन्ट्रोल फ्लूइड (आगो निभाउन विशेष प्रकारको तलर पदार्थ) प्रयोग गर्दा पनि नियन्त्रणमा लिन धेरै समय लाग्यो,’ खबरहबको सम्पर्कमा आएका एक अग्नी नियन्त्रकले भने, ‘पेट्रोलियम पदार्थमा सल्किएका कारण आगो नियन्त्रणमा लिन मुश्किल भयो ।’

बुधबार मध्याह्न भएको आगलागीका कारण सुविसुको कार्यालय पूर्ण रुपमा जलेको छ । यद्यपि कार्यालयको पछाडिको केही भाग भने जोगाउन सकिएको अग्नी नियन्त्रकहरुले जनाएका छन् ।

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण शुरु गरेको छ । प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

खबरहबको सम्पर्कमा आएका सुविसुका एक कर्मचारीले कार्यालयमा रहेका जेनेरेटर तथा सवारी साधनमा प्रयोग गर्नका लागि केही मात्रामा पेट्रोल र डिजेल स्टोर गरेर राखिएको जानकारी दिए ।

‘अफिसमा भएका जेनेरेटर र बजारमा गुड्ने गाडीमा हाल्नका लागि केही मात्रामा डिजेल र पेट्रोल थियो,’ सुविसुका कर्मचारीले खबरहबसँग भने ।


तस्वीरहरु– अदीप श्रेष्ठ

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : २५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको