‘साहो’ सँगको भिडन्तले ‘मारुनी’ लाई कति घाटा ? « Khabarhub

‘साहो’ सँगको भिडन्तले ‘मारुनी’ लाई कति घाटा ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भदौ १३ मा प्रदर्शन हुन लागेको फिल्म ‘मारुनी’ राम्रै चर्चा कमाएको छ । रिभेन्ज लभस्टोरी यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका छ । फिल्मको ट्रेलरले पनि राम्रै प्रतिक्रिया पाइरहेको छ । तर यो फिल्म दक्षिण भारतीय फिल्म ‘साहो’ को मारमा पर्ने देखिएको छ ।

त्यसो त पहिले यही मितिमा चलचित्र ‘कबड्डी ३’ पनि रिलिज हुने चर्चा थियो । तर यो फिल्मको रिलिज मितिमा हेरफेर भयो । ‘साहो’ कै कारण रिलिज मिति सार्दै असोज ३ मा पुर्‍याइएको थियो ।

नेपाली फिल्मको भिडन्तबाट बचे पनि यो फिल्मले ‘साहो’ को सामना गर्नुपर्ने छ । प्रभास स्टारर ‘साहो’ ले विश्वव्यापी रुपमा चर्चा कमाएको छ । प्रभासको करिअरकै सबैभन्दा सफल फिल्म ‘बाहुबली’ पछि उनी बल्ल दर्शकमाझ आउँदैछन् । यस अर्थले नेपाली दर्शकमाझ पनि ‘साहो’ को तीव्र प्रतीक्षा छ ।

‘साहो’ ले मल्टिप्लेक्स हलमा धेरै शो पाउनेमा त दुई मत छैन तर ‘मारुनी’ पनि राम्रो बनेको रहेछ भन्ने दर्शकलाई पर्‍यो भने बिस्तारै फिल्मले दर्शक तान्ने आँकलन गर्न सकिन्छ । तर, ‘साहो’ का कारण ‘मारुनी’ लाई व्यावसायिक रुपमा गाह्रो पर्ने पक्का छ ।

‘कबड्डी ३’ पोस्टपोन्ड हुँदा ‘मारुनी’ लाई केही राहत त भएको छ तर विदेशी फिल्मकै कारण स्वदेशी फिल्मको व्यापारमा घाटा पर्ने निश्चित छ । हिन्दी फिल्म नहेर्ने नेपाली फिल्मका दर्शकले त ‘मारुनी’ ले साथ देलान् । तर, रोजेर फिल्म हेर्ने दर्शकले भने ‘साहो’ लाई नै रोजाइमा पार्ने सम्भावना बढी छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ४० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी