नेपालमै पाइलट पढाउनका लागि फ्लाईङ स्कूल सञ्चालन गर्ने तयारीमा सरकार | Khabarhub Khabarhub

नेपालमै पाइलट पढाउनका लागि फ्लाईङ स्कूल सञ्चालन गर्ने तयारीमा सरकार


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कूल) स्थापना गर्ने योजना अगाडि सारेका छन् ।

मन्त्री भट्टराईले देश भित्रै पाईलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने उद्देश्यका साथ उक्त योजना आफूले अगाडि सारेको मन्त्री भट्टराईको भनाइ छ ।

बुधबार मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर पाईलट पढन विदेश जानुपर्ने अवस्था अन्त्यका लागि स्कूल स्थापना गर्ने योजना रहेको बताए ।

विदेशमा लाग्नेभन्दा कम खर्चमै देश भित्रै पाईलट अध्ययनको व्यवस्था गर्न उक्त स्कूल सञ्चालनमा ल्याउन जरुरी रहेको मन्त्री भट्टराईको भनाइ थियो ।
त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ ।

मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरुलाई पनि पाईलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गरे ।

मन्त्री भट्टराईले सो विद्यालय स्थापनासम्बन्धि विस्तृत योजना केही दिन भित्रै ल्याउने जनाए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ४२ बजे

जबरजस्ती करणी अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं– मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता

मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ? 

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी 

१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ

काठमाडौं–  विश्वमा विभिन्न राज्यहरूको विकासको अवस्थाअनुसार त्यहाँ काम गर्ने मजदुरहरूको