त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

श्रम स्वीकृति नै नलिइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रस्थान अनुमति दिएको विषयमा अनुसन्धान गर्न पराजुलीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नेपालले श्रम अनुज्ञा नै जारी नगरेको मुलुकमा जाने नेपालीहरु संयुक्त अरब इमिरेट्सको दुबई तथा कतार ट्रान्जिट बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै जाने गरेको उजुरी अख्तियारमा परेको थियो । बिचौलियाहरुको प्रभावमा परेर विमानस्थलका अध्यागमन अधिकृतहरुले भिजिट भिसामा भनेर त्यस्ता नेपालीलाई प्रस्थान अनुमति दिने गरेका थिए ।

यसरी प्रस्थान अनुमति दिने व्यक्तिको अभिलेख समेत नराख्ने गरिएको अख्तियारको छानबिनबाट खुलेको छ ।

अख्तियार स्रोतका अनुसार बिचौलियाहरुको गिरोहको मिलेमतोमा विमानस्थलका अध्यागमन अधिकृतहरुले थुप्रै नेपालीलाई यस्तो प्रस्थान अनुमति दिइसकेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ५५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका