सिभिल अस्पतालको टिकट अब अनलाइनबाटै, चिकित्सक पनि रोजेरै « Khabarhub

सिभिल अस्पतालको टिकट अब अनलाइनबाटै, चिकित्सक पनि रोजेरै


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती कर्मचारी (सिभिल) अस्पतालमा उपचारका लागि टिकट लिन बिरामीले अब लाइन लाग्नुपर्ने झन्झट व्यहाेर्नु नपर्ने भएको छ । अस्पतालले बिरामीहरुका लागि घरबाटै अनलाइनमार्फत जनरल ओपीडी र पेइङ्ग क्लिनिकको टिकट काट्न मिल्ने व्यवस्था गरेको हो ।

अस्पतालले अनलाइन टिकटका लागि ‘प्रभु पे’ एप तथा अस्पताल परिसरमा रहेको केआइओएसके मेसिन मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ।

बिरामीले उपचारका लागि जनरल ओपीडीको टिकट लिन उपचार गर्न जानुभन्दा अघिल्लो दिन बिहान ७ बजेदेखि २४ घण्टा भित्रमा टिकट काट्न सकिने अस्पतालले जनाएको छ । यस्तै पेइङ्ग सेवाका लागि स्वास्थ्य परीक्षण गराउने अघिल्लो दिन बिहान १० बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्ममा टिकट खरिद गर्न सक्नेछन् ।

अनलाइनमाफर्त टिकट लिएका बिरामीले सिधै ओपिडीमा गइ स्वास्थ्य जाँच गराउन सक्नेछन् । अस्पतालले अनलाईन मार्फत टिकट काटेका बिरामीको स्वास्थ्य जाँचमा पहिलो प्राथमिकता दिने जनाएको छ ।

कसरी खरिद गर्ने अनलाईन टिकट ?

सिभिल अस्पतालले अनलाइन टिकट खरिद गर्ने तरिका १६ बुँदामा तयार पारेको छ । जसमा बिरामीले टिकट खरिदका लागि मोबाइलमा राख्नुपर्ने एप र बिरामीले लिने सेवा, आफूलाई लागेको रोग तथा परीक्षण गर्न चाहेको विभागको विषयमा उल्लेख गरेको छ ।

बिरामीका लागि सो अनलाइन सेवामा आफूले स्वास्थ्यचाँज गर्न चाहेको चिकित्सक समेत रोज्न पाउने व्यवस्था गरिएको छ । अनलाइनफार्मत टिकटको फर्म भरेपछि स्वास्थ्य जाँच गर्ने मिति र समय एपमार्फत बिरामीले घरमै बसेर पाउने छन् ।

हेर्नुस् अनलाइन टिकट खरिद गर्ने तरिका

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ५७ बजे

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं– रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट– यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका