आँखाबाट र शारीरिक अवस्थाबाट मापसे पत्ता लगाउनुपर्ने ट्राफिकको बाध्यता « Khabarhub

आँखाबाट र शारीरिक अवस्थाबाट मापसे पत्ता लगाउनुपर्ने ट्राफिकको बाध्यता


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रविधि र सामग्री नहुँदा समस्या भइरहेको जनाएको छ ।

डोटीमा ट्राफिक प्रहरीका लागि भएको एकमात्र ब्रेथलाइजर मेसिन बिग्रेको छ । यही कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने र प्रहरीबीच विवाद हुने गरेको छ । बिग्रेका मेसिन मर्मतका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया पठाएको लामो समय भइसक्दा नपठाउँदा डोटी ट्राफिक प्रहरीलाई जाँचमा समस्या भएको बताइएको छ ।

ब्रेथलाइजर मेसिन नहुँदा ट्राफिक प्रहरीले सवारी चालकको मुख सुघेर मादकपदार्थ सेवन गरे नगरेका बारेमा पत्ता लगाउन बाध्य भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरीका अनुसार चालकको मुख सुघ्ने विषयमा कहिले काही त ठूलै विवाद उत्पन्न हुने गर्दछ ।

जिल्ला ट्राफिक प्रहरी दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धाँमीले जिल्लाभरिमा एकमात्र ब्रेथलाइजर मेसिन भएको र त्यो पनि बिग्रेर थन्किएको बताए । उनले भने, “जिल्लाभरिमा एउटा मात्रै मेसिन थियो, त्यो पनि बिग्रेकाले मर्मतका लागि पठाएका छौँ, बनेर आएको छैन ।”

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था प्रहरीसँग रहेको बताए ।“अलि धेरै खाएको छ भने आँखा रातो भएको हुन्छ, शरीर झुल्न थालेको हुन्छ”, उनले भने“हामी खाएको मान्छे मदिरा नपिएको मान्छेसामु जाँदा गन्ध पनि आइहाल्छ, पत्ता लगाउन सजिलो हुन्छ ।”

उता क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका ट्राफिक प्रहरी निरीक्षक लालबहादुर साउदले बिग्रेका ब्रेथलाइजर मेसिन मर्मतका लागि हेडक्वार पठाएको र हालसम्म फिर्ता नआएको बताए ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अत्तरियाबाहेक अन्य कुनै पनि जिल्लामा ब्रेथलाइजर मेसिन छैनन् । आफ्नो कार्यालयबाट ब्रेथलाइजर मेसिन नआएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर मेसिन किनिदिन स्थानीय तहसंग माग गरेका छन् ।

जिल्लामा ब्रेथलाइजर मेसिन किन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले सबै स्थानीय तहमा आग्रह गरे पनि उक्त मेसिन किन्नका लागि रकम कहीँकतैबाट नआएको ट्राफिक प्रहरीको गुनासो छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : ५५ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल