मेलम्चीको काम अब द्रुत गतिमा अघि बढाउँछौंः मन्त्री मगर « Khabarhub

मेलम्चीको काम अब द्रुत गतिमा अघि बढाउँछौंः मन्त्री मगर


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन पानीका मुहान र स्रोत संरक्षणमा बढी जोड दिँदै खानेपानी विधेयक ल्याइएको बताएकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाई विधेयकको विषयमा आफ्नो भनाइ राख्दै खानेपानी मन्त्री मगरले मुहान संरक्षणलाई बढी जोड दिइएको स्पष्ट पारिन् ।

‘डिप बोरिङ गरेर जमिन मुनिबाट पानी निकाल्ने प्रवृत्ति बढेकाले मुहानहरु सुक्दै जान थालेका छन् ।’ मन्त्री मगरले भनिन् ‘हामीले मुहानहरुको संरक्षण गर्ने कार्यलाई विधेयकमा बढी जोड दिएका छौं । यो विधेयकमा मुहानको वरिपरी प्रदुषित गर्नेलाई नियन्त्रण गर्ने प्रावधान पनि राखेका छौं । स्रोत र मुहानलाई सफा राख्ने विषयलाई पनि समेटेका छौं ।’

उनले मुलुकका विभिन्न स्थानमा खानेपानीको समस्या विकराल रहेको बताउँदै यस्ता समस्या समाधानका लागि केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वय गरी खानेपानीको समस्या समाधान गरिने बताए ।

देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डिपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिइन् । उनले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाइएको स्पष्ट पारिन् ।

मेलम्चीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिंदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गतीमा अघि बढाउने बताइन् ।

‘मेलम्ची आयोजना शुरु हुँदादेखि अहिलेसम्म २४ औं पटक मन्त्री फेरिएको कुरा एक जना माननीयज्यूले गर्नुभएको छ ।’ उनले भनिन्, ‘अब २५ औं पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पीडमा काम गर्दैछौं । मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौं । काम छाडेर हिंडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका छैन । त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीय ज्यूहरुले हेरेर बुझिदिनुपर्‍यो ।’

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ४२ बजे

सरकारलाई घेर्दै कांग्रेसले उठायो १५ प्रश्न, वालेन्द्र शाह पाइला पाइलामा चुकेको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड

कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार

येन स्थिरतामा अमेरिकाको जोड

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली