१ करोड ९० लाख वर्ष पुरानो विशाल सुगाको अवशेष फेला « Khabarhub

१ करोड ९० लाख वर्ष पुरानो विशाल सुगाको अवशेष फेला


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङटन– न्यूजिल्याण्डमा विशाल आकारको प्राचिन सुगाको अवशेष फेला परेको छ ।

दक्षिणी न्यूजिल्याण्डको ओटागो क्षेत्रस्थित सेन्ट बाथान्स नजिकै १ करोड ९० लाख वर्ष पुरानो सुगाको अवशेष फेला परेको हो । उक्त सुगाको आकार १ मिटर अग्लो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअनुसार उक्त सुगा औसत मानिसको उचाईभन्दा आधा उचाईको रहेको बताइएको छ ।

मंगबार बायोलोजी लेटर्स जर्नलमा प्रकासिश शोधमा उक्त सुगाको आकार अनुसार अहिलेका चराभन्दा भिन्न मंसाहारी किसिमको रहेको हुनसक्ने विश्वास गरिएको छ । ७ किलोग्राम वजन रहेको रहेको ठानिने उक्त सुगाको वजन यसअघि पत्ता लागेको सबैभन्दा विशाल सुगा ‘काकापो’ को वजनभन्दा दुई गुणा धेरै हो ।

धेरै ठूलो आकार रहेका कारण यो चरा उड्न नसक्ने वैज्ञानिकहरुको भनाइ छ । पछिल्लो फेला पारिएको सुगाभन्दा ठूलो अरु कुनै सुगा नभएका कारण यो खोजीलाई निकै ठूलो उपलब्धी मानिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया