स्वराजको निधनमा काङ्ग्रेसबाट दुःख व्यक्त « Khabarhub

स्वराजको निधनमा काङ्ग्रेसबाट दुःख व्यक्त


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले भारतीय जनता पार्टीकी नेत्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नेत्री स्वराजको निधनमा दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै समवेदना सन्देश पठाएका हुन् ।

सभापति देउवाले पठाएको सन्देशमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वर्गीय स्वराजले पुर्‍याएको योगदानको स्मरण गरे ।

उनले स्वराजको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्य, स्वर्गीय स्वराजका परिवारका सदस्यसहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ३४ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई