कश्मीरमा प्रदर्शन जारी, सुरक्षा गस्ती तीव्र « Khabarhub

कश्मीरमा प्रदर्शन जारी, सुरक्षा गस्ती तीव्र


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– हालै भारत सरकारले जम्मू कश्मीर राज्यको विशेष राज्यका मान्यता खारेज गरेपछि कश्मीर उपत्यकामा छिटफुट प्रदर्शन भएका छन् ।

कश्मीरमा कफ्र्यु लागू गरिएको तथा अधिकांश राजनीतिक तथा धार्मिक नेताहरुलाई गिरफ्तार गरिएपछि कश्मीरमा छिटफुटमात्र प्रदर्शन भएको हो । ४ जना भन्दा धेरैलाई एकै ठाउँ भेला हुन प्रतिबन्ध लगाइएको र टेलिफोन इन्टरनेटसहितका सूचना तथा सञ्चारका माध्यम बन्द रहेकाले ती प्रदर्शनहरु संगठित भने हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी ढुङ्गामुढा प्रहार गरेका थिए भने जवाफमा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

कर्फ्यू लागेका कारण राजधानी श्रीनगरसहित कश्मीरका अधिकांश मुख्य शहरका बजार, पसल र कलकारखानाहरु बन्द रहेको बताइएको छ । गत सोमबार केन्द्र सरकारले भारतीय संविधानको धारा ३७० तथा ३५ ए खारेज गरी जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खोसेपछि कश्मीरमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : ०८ बजे

बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न हुँदैन : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता

उच्चस्तरीय संसदीय समिति बनाउन जरुरी छ : भीष्मराज आङ्देम्बे

काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा

सरकारलाई आङ्देम्बेको प्रश्न : सुरुङमा मन्त्रीका आफन्त परेका भए यसरी नै माटो खोस्रिन्थे ?

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङमा फसेकाहरूको

कांग्रेस बाढी प्रभावित क्षेत्रमै छ, प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो अवस्था राम्रो छैन : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अन्तर्राष्ट्रिय तथा

भीष्मराज आङ्देम्बे भन्छन् : सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ सरकारको अमानवीय व्यवहार

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपत्तिको समयमा