भारतप्रति आक्रमक बन्दै पाकिस्तान « Khabarhub

भारतप्रति आक्रमक बन्दै पाकिस्तान


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– भारतले कश्मीरमा चालेको कदमलाई मध्यनजर गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने घोषणा गरेको छ ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकका क्रममा भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने र भारतसँग हुने द्विपक्षीय व्यापार पनि स्थगित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री इमरान खानको अग्रसरतामा बसेको बैठकले दुई मुलुकबीचका सम्बन्धबारे पुनर्विचार गरिने र कश्मीरको विशेष राज्यको मान्यता खारेज गर्ने भारतको कदमबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउने निर्णय समेत गरेको छ । त्यसबाहेक बैठकले कश्मीरी जनताप्रति ऐक्यबद्धता जनाउन आगामी १४ अगष्टमा स्वतन्त्रता दिवस मनाइने निर्णय गरेको छ ।

भारतको रंगभेदी र मानवअधिकार विरोधी सत्तालाई उदाङ्गो पार्नका लागि आफ्नो मुलुकका सबै कूटनीतिक संयन्त्रलाई परिचालन गरिने उक्त बैठकको निर्णय छ । त्यस्तै, प्रधानमन्त्री खानले पाकिस्तानी सुरक्षा बललाई सतर्क रहन समेत निर्देशन दिएका छन् ।

गत सोमबार भारतले संविधानको धारा ३७० र ३५ ए खारेज गर्दै जम्मू कश्मीरको विशेष राज्यका मान्यता खारेज गरेपछि भारत र पाकिस्तानबीच तीब्र विवाद चर्किएको छ । भारत र पाकिस्तान दुबै मुलुकले कश्मीरमा सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : २० बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको