निगमको नयाँ जहाजको भोजपुरमा परीक्षण उडान सफल « Khabarhub

निगमको नयाँ जहाजको भोजपुरमा परीक्षण उडान सफल


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ ।

नेपाल एयरलायन्सको नयाँ विमान (वाई १२)ले बुधबार परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने निगमका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिए । पाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार विमानस्थल अनुकूल पाइएको प्रतिक्रिया दिएको निगमले जनाएको छ ।

नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ । अहिले निगमको ट्वीनअटर जहाजले भोजपुर–काठमाडौँ बुधबारबाहेक हप्तामा छ दिन र भोजपुर–विराटनगर हप्तामा दुई दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : ५० बजे

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको