७५ प्रतिशत छात्रवृत्ति यसै वर्षबाट लागू हुने « Khabarhub

७५ प्रतिशत छात्रवृत्ति यसै वर्षबाट लागू हुने


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐनमा उल्लेखित सरकारी मेडिकल कलेज तथा सार्वजनिक संस्थाले स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था यही शैक्षिक सत्रबाट लागू हुने बताएका छन् ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएको ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था यही वर्षबाट शुरु गरिने भएकाले विद्यार्थीहरूलाई सबै आन्दोलनका कार्यक्रम छोडेर वार्तामा आउन आग्रह गरे ।

चिकित्सा शिक्षा ऐनमै भएको साझा प्रवेश परीक्षा भने आउँदो शैक्षिक सत्रबाट मात्रै लागू हुने मन्त्रीको भनाई छ । यो वर्ष चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाइ भएकाले अर्को वर्षबाट मात्र साझा प्रवेश परीक्षा लागू गरिने जानकारी दिए ।

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दिँदै चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ७ को छात्रवृत्तिसम्बन्धी व्यवस्था यसै शैक्षिक सत्रदेखि लागू हुने बताए ।

ऐनको दफा १७ को उपदफा ७ मा ‘सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट सङ्ख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नुपर्नेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ६ : ३९ बजे

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)