डेङ्गुविरुद्ध अभियान ‘खोज र नष्ट गर’ « Khabarhub

डेङ्गुविरुद्ध अभियान ‘खोज र नष्ट गर’


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– डेङ्गुको सङ्क्रमण फैलन नदिन बागलुङमा‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ । खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी खाली गरी सफाइ गरिएको थियो ।

“सचेतनामूलक प्रभातफेरीसँगै सम्भावित ठाउँको सरसफाइ पनि गर्‍यौँ” स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भने । निजामती सेवा दिवस–२०७६ मूल समारोह समितिले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

स्वास्थ्य कार्यालय, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाले अभियानको संयोजन गरेका थिए । प्रभातफेरीमा निजामती कर्मचारीसहित, सेना, प्रहरी, सामाजिक अभियन्ता, स्वयंसेवक, पत्रकारलगायत सहभागी थिए । उक्त अवसरमा सर्वसाधारणलाई डेङ्गु रोगसम्बन्धी सन्देशमूलक पर्चासमेत वितरण गरिएको थियो । स्वास्थ्य कार्यालयले सदरमुकाममा ‘माइकिङ’ र सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम पनि गरिरहेको छ । जोखिम रहेसम्म ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिइनेछ ।

शुक्रबार नै गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको निर्देशनमा अस्पताल, स्वास्थ्यकर्मी, औषधि व्यवसायीबीच डेङ्गु नियन्त्रणका विषयमा छलफल भएको छ । यस्तै शनिबार मजदुर र श्रमिकबीचमा डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्लाका १० स्थानीय तहले पनि डेङ्गुविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न शुरु गरेका छन् । स्वास्थ्य कार्यालयले डेङ्गुको शङ्का लागेमा तुरुन्त धवलागिरि अञ्चल अस्पतालमा जाँचको लागि आउन आग्रह गरेको छ । “शङ्कास्पद बिरामीलाई अल्झाएर नराखी तुरुन्त अञ्चल अस्पतालमा पठाउन अन्य स्वास्थ्य संस्थालाई पनि अनुरोध गरेका छौँ”, क्षयकुष्ठ सुपरभाइजर घिमिरेले भने।

डेङ्गुको जाँच र उपचार सेवा अञ्चल अस्पतालमा मात्र उपलब्ध छ । अस्पतालका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार लक्षण देखिनासाथ डेङ्गुको जाँच गर्ने गरिएको छ । जाँचका लागि आएका एक जनामा डेङ्गुको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

काठेखोला गाउँपालिकाका २० वर्षीय युवा डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाइएको छ । यस्तै बागलुङका अन्य दुई जना सङ्क्रमित व्यक्ति अहिले पोखरामा उपचाररत छन् । उनीहरु जिल्लाबाहिर रहेका बेला डेङ्गु पहिचान भएको थियो । जिल्लामै सङ्क्रमित भेटिएपछि डेङ्गुको जोखिम बढेको छ ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । उक्त लामखट्टेले दिनमा मात्र टोक्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गरिन्छ ।

गत वैशाखमा सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले ४२ भन्दा बढी जिल्लामा देखा परेका छन् । सरकारले डेङ्गु नियन्त्रणका लागि उच्च सतर्कता र सक्रियतासमेत बढाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १ : २८ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा