एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु | Khabarhub Khabarhub

एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनका क्रममा यो जानकारी दिए ।

उनले सैनिक तथा गैह्रसैनिक कर्मचारीहरुले राष्ट्रसंघमार्फत् पुर्‍याएको योगदान कहिल्यै भूल्न नसकिने खालको रहेको बताए ।

उनले भने, ‘हाम्रा सहकर्मीहरुलाई स्मरण गर्नु तथा सम्मान गर्नु हाम्रो दायित्व हो, त्यो गरिरहनु पर्दछ ।’

मृतक कर्मचारीका पारिवारिक सदस्य तथा साथीहरुप्रति सहानुभूति व्यक्त गर्दै उहाँले आफुहरुले पनि असल सहकर्मी गुमाएको उल्लेख गरे ।

राष्ट्रसंघीय कर्मचारीहरुले संसारको सेवा गरेको र धेरै कुराको गुमाउनु परेको पनि महासचिव गुर्टेरेसले बताए । अग्रपङ्तीमा रहेर अत्यन्त चुनौतीपूर्ण कामहरु राष्ट्रसंघीय कर्मचारीहरुले गर्नु परेको पनि उनले कर्मचारी दिवसमा अवसरमा चर्चा गरे ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  २ : ०६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको