एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु « Khabarhub

एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनका क्रममा यो जानकारी दिए ।

उनले सैनिक तथा गैह्रसैनिक कर्मचारीहरुले राष्ट्रसंघमार्फत् पुर्‍याएको योगदान कहिल्यै भूल्न नसकिने खालको रहेको बताए ।

उनले भने, ‘हाम्रा सहकर्मीहरुलाई स्मरण गर्नु तथा सम्मान गर्नु हाम्रो दायित्व हो, त्यो गरिरहनु पर्दछ ।’

मृतक कर्मचारीका पारिवारिक सदस्य तथा साथीहरुप्रति सहानुभूति व्यक्त गर्दै उहाँले आफुहरुले पनि असल सहकर्मी गुमाएको उल्लेख गरे ।

राष्ट्रसंघीय कर्मचारीहरुले संसारको सेवा गरेको र धेरै कुराको गुमाउनु परेको पनि महासचिव गुर्टेरेसले बताए । अग्रपङ्तीमा रहेर अत्यन्त चुनौतीपूर्ण कामहरु राष्ट्रसंघीय कर्मचारीहरुले गर्नु परेको पनि उनले कर्मचारी दिवसमा अवसरमा चर्चा गरे ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  २ : ०६ बजे

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप

एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव