नेपालमा लागनी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह « Khabarhub

नेपालमा लागनी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चीन सरकार, चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

चिनियाँ दुतावासले शनिबार राजधानीमा आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रम अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण निर्माण भएको दाबी गरे ।

उनले चिनियाँ लगानीकर्तालाई निर्धक्क भएर नेपालमा लगानी गर्न आव्हान गरे ।

राजनीतिक स्थायीत्व संगै नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए ।

उनले नेपाल सधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीन विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्याए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकिय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको उनको भनाइ छ ।

कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा चीनका लागि नेपालका राजदुत लिलामणि पौडेलले पछिल्लो समय नेपाल चीन ीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरु विस्तार हुँदै गएको बताए ।

कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, व्यवसायीहरु सहभागी छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ३ : १४ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद