तपाईं प्रतिभाशाली हुनुहुन्छ ? अस्ट्रेलियाले दिनेछ पीआर « Khabarhub

तपाईं प्रतिभाशाली हुनुहुन्छ ? अस्ट्रेलियाले दिनेछ पीआर


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नेपालमा उच्च शिक्षा अध्ययन, रोजगारी र घुमघामका लागि अस्ट्रेलिया जाने एक किसिमको परम्परा नै छ । हरेक वर्ष हजारौं नेपालीहरु अस्ट्रेलिया जाने गरेका छन् ।

अस्ट्रेलियाको सामाजिक सुरक्षा, जीवनशैली र रहनसहनले नेपालीमात्र नभई विश्वका धेरै मुलुकका मानिसहरुलाई आकर्षित गर्ने गरेको छ । यस्तो अवस्थामा मानिसहरुलाई अस्ट्रेलियामा स्थायी बसोबास गर्नका लागि अस्ट्रेलियाले पीआरको व्यवस्था समेत गर्दै आएको छ ।

अस्ट्रेलियाले विभिन्न मुलुकका प्रतिभाशाली व्यक्तिहरुलाई समेत पीआर दिँदै आएको छ । यसका लागि तपाईंको प्रतिभाको मूल्यांकन गर्दै अस्ट्रेलियाले डिस्टिङगस् ट्यालेन्ट सबक्लास १२४ अन्तर्गतको भिसा उपलब्ध गराँउछ ।

प्रतिभाका आधारमा अस्ट्रेलियाको पीआर पाउनका लागि विभिन्न ४ क्षेत्रहरु कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान र व्यक्तिगत व्यवसायलाई आधार मानिएको छ ।

यसका लागि पीआरको अपेक्षा गर्ने व्यक्त अस्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ ।

आखिर के छन् त प्रतिभाको आधारमा अस्ट्रेलियाको पीआर पाउने आधार ?

# तपाईंमा असाधारण प्रतिभा भएको हुनुपर्छ । कला, खेलकुद, प्राज्ञिक एवं खोज अनुसन्धान वा व्यक्तिगत व्यवसायलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट सम्मानित भएको हुनुपर्छ ।

# तपाईं सोही व्यवसाय वा क्षेत्रमा सक्रिय रहेको हुनुपर्दछ र अस्ट्रेलियाले तपाईंलाई आफ्नो सम्पत्तिको रुपमा हेरेको हुनुपर्छ ।

# तपाईंलाई यसका लागि कुनै महत्वपूर्ण व्यक्ति वा संस्थाले मनोनयन गरेको हुनुपर्छ ।

# तपाईं अस्ट्रेलियाबाहिर बसोबास गरिरहेको हुनुपर्छ ।

# तपाईंको स्वास्थ्य र नैतिक आचरण समेत राम्रो रहेको हुनुपर्छ ।

# तपाईं अङ्ग्रेजी भाषामा निपुर्ण रहेको हुनुपर्छ ।

यस्तो योग्यता भएको खण्डमा अस्ट्रेलियामा स्थायी बसोबास गर्नका लागि भिसा पाइन्छ ।

डिस्टिङगस् ट्यालेन्ट सबक्लास १२४ अन्तर्गतको भिसा पाउनुका फाइदा

# भिसा पाएको व्यक्ति अस्ट्रेलियामा चीरकाल सम्मका लागि बसोबास गर्न सक्छ ।

# अस्ट्रेलियामा बसोबास गरिरहेका बेला आफ्नो क्षेत्रमा काम गर्न सक्छ ।

# भिसा पाएको मानिसले अस्ट्रेलियाको स्वास्थ्य कार्यक्रम मेडिकेयरमा समेत सहभागी हुन सक्छ ।

# स्थायी बसोबासका लागि आफ्ना आफन्तलाई समेत स्पन्सर गर्न सक्छ ।

# त्यसबाहेक निश्चित मापदण्ड पूरा गरेपछि अस्ट्रेलियाको नागरिकताका लागि समेत आवेदन दिन सक्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ७ : ०६ बजे

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।