इरानले अर्को पानीजहाज पनि नियन्त्रणमा लियो « Khabarhub

इरानले अर्को पानीजहाज पनि नियन्त्रणमा लियो


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले स्ट्रेट अफ हर्मुजमा अर्को इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको छ ।

हर्मुजको स्ट्रेटमा डिजेल खाडी क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको इरानको सरकार सञ्चालित समाचार संस्थाले जनाएको छ । उक्त पानीजहाजले २ लाख ८४ हजार लिटर डिजेल तस्करी गरिरहेको इरानी अधिकारीले जनाएका छन् ।

पानीजहाजसहित त्यहाँ काम गर्ने १२ फिलिपिनो कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि उक्त पानीजहाजमा कुन राष्ट्रको ध्वजा अंकित थियो भन्ने चाहीँ खुलाइएको छैन ।

पछिल्लो समय इरान र अमेरिकाबीच खाडी क्षेत्रमा तनाव चलिरहेका बेला इरानले अर्को पानीजहाज नियन्त्रणमा लिएको हो । इरानले यसअघि गत जुलाई महिनामा पनि बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ७ : १४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब