विकास र समृद्धिको मुख्य आधार पर्यटन– मुख्यमन्त्री राउत « Khabarhub

विकास र समृद्धिको मुख्य आधार पर्यटन– मुख्यमन्त्री राउत


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् ।

बर्दिवासमा शनिवार नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताए ।

प्राकृतिक, सांस्कृतिक र भौगोलिक रुपले नेपाल वैभवशाली भए पनि यिनको उपयोग ठिक ढङ्गले गर्न नसक्दा नेपालीको पछौटेपन हट्न नसकेको उनले बताए ।

मुलुकमा तीनै तहका सरकार बनी सक्दा पनि आपसी समन्वय हुन नसक्दा कामको मेसो नै समात्न नसकिएको मुख्यमन्त्री राउतको भनाइ थियो । “हामीबीच राम्रो समन्वय हुन सकेको छैन”, उनले भने ।

प्रदेश सरकारले आठवटै जिल्लाका प्रमुख धार्मिक स्थललाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने अवधारणा बनाइएको उनले बताए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सँग संसारलाई देखाउन सक्ने सांस्कृतिक वैभव भएको र त्यसको उपयोगको खाका प्रदेश सरकारले कोरेको बताए ।

प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, रामआशिष यादव र शारदादेवी थापाले नेपालको पर्यटन विकासमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए ।

महासङ्घका प्रदेश २ संयोजक हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले नेपाल पर्यटन वर्ष, २०२० लाई लक्ष्य गरी सबै क्षेत्रले समन्वयात्मक रुपले काम अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १० : १८ बजे

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट