चरेससहित दुई जना पक्राउ « Khabarhub

चरेससहित दुई जना पक्राउ


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रहरीले लागूऔषध चरेससहित दुई जना पक्राउ गरेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ भाटगाउँका २६ वर्षीय शेरबहादुर भण्डारी र वडा नम्बर ६ भालुमारेका ३८ वर्षीय बीरबहादुर वोहरालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण अभियान र दशैं तिहार सुरक्षा योजनाअनुरुप परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दशरथचन्द्र राजमार्ग अमरगढी ७ मा भण्डारीले चलाएको से ३ प ४५३१ मोटरसाइकल चेकजाँचका क्रममा भण्डारीको झोलाबाट सात सय ग्राम चरेस फेला परेको प्रहरी नायव निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ९ : १० बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि