चरेससहित दुई जना पक्राउ « Khabarhub

चरेससहित दुई जना पक्राउ


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रहरीले लागूऔषध चरेससहित दुई जना पक्राउ गरेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ७ भाटगाउँका २६ वर्षीय शेरबहादुर भण्डारी र वडा नम्बर ६ भालुमारेका ३८ वर्षीय बीरबहादुर वोहरालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण अभियान र दशैं तिहार सुरक्षा योजनाअनुरुप परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दशरथचन्द्र राजमार्ग अमरगढी ७ मा भण्डारीले चलाएको से ३ प ४५३१ मोटरसाइकल चेकजाँचका क्रममा भण्डारीको झोलाबाट सात सय ग्राम चरेस फेला परेको प्रहरी नायव निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ९ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना