महाकाली अस्पतालमा चिकित्सक अभाव « Khabarhub

महाकाली अस्पतालमा चिकित्सक अभाव


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ ।

दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ ।

चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ ।

अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भएपनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भु जोशी गरी दुई चिकित्सक मात्रै कार्यरत छन ।

अस्पतालमा डेन्टल नवौँ तहका सात मेडिकल अधिकृत, १० औँ तहका १६ र ११ औँ तहका चार चिकित्सकको दरबन्दी भएपनि दुई बाहेक सबै दरबन्दी रिक्त अबस्थामा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अबस्थीले बताए।

उनका अनुसार चिकित्सा परिचालन निर्देशनालयबाट चार मेडिकल, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एक चिकित्सक मात्रै कार्यरत छन ।

अस्पतालमा सामान्य रोगका बिरामी बाहेक गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि अन्यत्र सिफारिस गरिदै आएको छ । अस्पतालमा रहेका उपकरणहरु चलाउने जनशक्ति नहुँदा समेत समस्या भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १२ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना