सेल्फी खिच्दा चिप्लिएर बेपत्ता « Khabarhub

सेल्फी खिच्दा चिप्लिएर बेपत्ता


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- फोटो खिच्ने क्रममा चिप्लिँदा बागलुङमा एक युवती बेपत्ता भएकी छन् । जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी हुन् ।

जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन् । खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशैँ मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिबार बुर्तिबाङ बजारमा बसेका थिए ।

आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र आफ्नै फोटो (सेल्फी) खिच्ने क्रममा सिर्पाली चिप्लेर खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

सिर्पालीलाई खसेको ठाउँबाट करीब ४०० मिटर तल रिभरहेडसम्म खोलाले बगाउँदै लगेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १२ : ४० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार